चाडपर्वको रौनकमा कामको चपेटा

No description available.
भुपेन्द्र नेपाली
खलंगा, १० कार्तिक । यतिवेला हिन्दु नेपालीहरुको महान चाडपर्व विजया दशमी तथा तिहारको रौनक छाईरहेको छ । चाडपर्वको रौनक संगै बारेकोटका स्थानीयहरु कामको चपेटामा छन् । यो समय भनेको खेतबारीको बाली भित्र्याउने र खेतबारीमा गहुँ,जौ छर्नेे समय भएको हुदाँ स्थानीयहरु काममा निकै व्यस्त देखिन्छन् । यो वर्ष मात्र नभई प्रत्येक बर्ष यहाँका स्थानीयहरु यसरी नै कामको चपेटाको विचमा यी महान पर्वहरुलाई मनाउने गरेको बारेकोट गाउँपालिका २ का स्थानिय भीमबहादुर नेपालीले बताए ।

उनी भन्छन्, ‘बाली भित्र्याउनु, खेतवारीमा गहुँ, जौ, छर्नु मात्र नभई पाखा पखेरामा रहेको घाँसहरु काट्नमा पनि यहाँका स्थानीयहरु निकै व्यस्त भएका हुन्छन् । एक तर्फ चाडपर्वको रौनक छाएको हुन्छ अर्को तर्फ कामको चपेटा परेको हुनाले स्थानीयहरुले लामो समय चाडपर्वमा रमाउन सकेका छैनन् ।’

हामीलाई चाडपर्वमा रमाउन मन लाग्छ तर घरको काम र परिवारको जिम्मेवारीले हामीलाई रमाउन दिदैन, घर व्यवहार चलाउनका लागि हामी लामो समय छिमेकी देशहरुमा पसिना बेचिरहेको हुन्छौं । यही चाडपर्वको अवसरमा हामी घर सम्झिएर गाउँ आएका हुन्छौ यहि चाडपर्वलाई पनि परिवारसंग बसेर, रमाएर मनाउन पाएका हुदैैनौ । प्रत्येक बर्ष यी चाडवर्पहरुको समयमा नै कामको चपेटा पर्ने गरेको अर्का स्थानीय विष्णु नेपालीले बताए ।

स–साना बालबालिका देखि वृद्धवृद्धा सम्म पनि कामको चपेटामा परेका हुन्छन् । चाडपर्वको रौनकको विचमा स्थानीय कामको चपेटा पर्नु योे बारेकोट मात्र समस्या नभई जाजरकोटका सबै स्थानीयहरुको समस्या हो ।

महान चाडपर्वको रौनकसंगै कामको चपेटा बढ्ने र चाडपर्व सक्किए संगै कामको चपेटा कम हुने भएको हुँदा स्थानीय चाडपर्वसंगै कामको चपेटासंगै रमाएर चाडपर्व मनाउने गरेको बारेकोट २ स्थानीय मानबहादुर नेपालीको भनाई रहेको छ ।

उनी भन्छन्, ‘गाउँघरमा रमाईलो गर्ने युवा युवती सबै प्रदेशी भुमिमा पसिना बेचिरहेका हुन्छन् गाउँमा रहेका बालबालिका वृद्धवृद्धाहरुले काममा नै रमाएर पर्वहरु मनाउने गरेको हुन्छन् । यसरी नै यहाँका स्थानीयहरु चाडपर्वहरु मनाउने गरेकका छन् ।’

पहिले देखि नै कामको चपेटामा चाडपर्वहरु मनाउदै आएका हौ, अहिले पनि यसरी नै कामको चपेटामा पर्वहरु मनाईरहेका छौ । रहर र वाध्यतालाई जोडेर नै हामीले चाडपर्वहरु मनाउने गरेका छौ । गरिबी, अशिक्षा र वेरोजगारले गर्दा चाडपर्वलाई कामको चपेटाबाट मुक्त भएर मनाउन नसकेको स्थानीयहरु भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया