
खलंगा । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटले भिडियो सन्देश प्रसारण गरेको छ । जिल्लाको भेरीनगरपालिका ३ ठाँटी बजारमा घरेलु हिंसा, मानव वेचविखन, साईवर अपराध, बलात्कार विरुद्धका टेलिभिजन भिडियो सन्देश (पिएसए) प्रसारण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, जाजरकोटका प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापा, उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्री लगायत अन्य ८० जना भन्दा बढी नागरिकको सहभागीता रहेको थियो ।

प्रजिअ देवकोटाले भिडियोको शुभारम्भ गरेका थिए । बालबालिका हराएमा १ सय ४ अथवा १०० सयमा जानकारी गराउन समेत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। ९ कार्तिक २०७८, मंगलवार