
खलंगा । एक सय ९० रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । जिल्लाको नलगाड र छेडागाड नगरपालिकामा एक सय ९० रोपनी जग्गामा रहेको गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको हो ।
विभिन्न स्थानमा अवैध गाँजा खेती भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा नलगाड नगरपालिका ३ स्थित द्वारे,डिम्रेनि र काँक्रेमेला लगायतका स्थानमा ३५ रोपनी जग्गाको अवैध गाँजा नष्ट गरिएको छ भने

छेडागाड नगरपालिका १२ र १३ मा पर्ने चैते, टाकुरा, काँडासोती,मेलचौर, सोतीचौर, माजगाउँ लगायतका स्थान बाट १५५ रोपनी जग्गामा रहेको अवैध गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरी चौकी पाँचकाटिया र ईलाका प्रहरी कार्यालय वडावन बाट खटिएको टोलीले अवैध गाँजाका बोटहरु नष्ट गरेको हो ।
















































। ९ कार्तिक २०७८, मंगलवार