‘ओ ! जनयुद्धको घाँटी रेट्नेहरु’

भौतिक मल्ल

गणेशपुरमा भिडेका योद्दाहरुको सम्झना गर्दा छाती चार छिट्टा हुन्छ । माझपाल, अनेकोट, भावाङ, कुसुम, र खराहरु स्मरण गर्दा मुटुले वेग हान्छ । भक्कानो छोड्छ कोखो चसक्क हुन्छ के हुन्छ के हुन्छ । आफ्नो न्यानो शरिर गोलीले छेड हानी हिड्दा सायद यति दुखेको थिएन होेला । हिजो आज यसरी दुखेको छ मन यसरी …. पत्तै छैन । फेरी यसको निश्चित नाप, आकार र प्रकार हुन्छ होला जस्तो नी लाग्दैन । घाउहरु प्राकृतिक हिसावले खाटा बसी सकेका छन् । बाहिरबाट हेर्दा टाटा जस्तै लाग्छन् होला यी घाउहरु हगी ?

कमरेड आज वाध्य भएर यी हातले कलम धरमराउनु पर्ने भयो । धेरै लेख्ने बानी नपरेर होला सायद अप्ठेरो महसुस हुँदै छ । तै पनि लेख्न बाध्यता ठान्दैछु । यति वेला यो प्रहारमा किन हो कुन्नी ? आफै माथि प्रश्न चिन्न खडा गर्दै छु । सयौं फुलहरु फुल्न दिने र हजारौं प्रतिभाहरु प्रतिस्पर्धा गर्न दिने भनिएको यो विशाल आकाश मुनिको खुल्ला धर्तिलाई छोडेर अध्याँरो कोठामा थुप्रिनु पर्दाको पीडा कति हुन्छ त्यो म आंकलन गर्न सक्नै स्थितीमा भने छैन् । हुनत मनका भावना जति तन्कायो उति तन्कदै जान्छन् र जति खुम्च्यायो उति खुम्चदै जान्छन् ।

म धेरै हदसम्म खुम्चिन र तन्कन चाहान्न । प्रिय कमरेड कति गजव थियो हाम्रो रक्तिम धरोहर कति सुन्दर थियो वलिदान सगरमाथा कति राम्रो थियो वर्गिय युद्ध ( साक्षी छन् हाम्रा अगाडी साढे १४ हजार धड्कनहर, वेपत्ता तस्वीरहरु घाईते आकृतिहरु, मन थिलाथिला हुन्छ यतिवेला मलाई एउटा गह्रौ भारीले वेस्कन थिचेको महसुस भईरहेछ । बम, बारुद भएर पड्किने ति नामहरु आगो ओकल्ने ति आत्माहरु सायद हाम्रा डायरीबाट हराई सकेका नहोलान । पानी नजमेको यो खडेरीमा फोक्सुण्डो,रारा, तिलिचो यहाँ सुकिसकेका नहोलान ।

कर्णाली, भेरी, सेती, राप्ती, धौलागिरी, मेची, महाकाली त्यो गड्गडाहट बग्ने मस्र्याङदी यतिवेला खहरेमा परिणत नभई सकेका होला । मौसम बदलिए पनि जलवायु परिवर्तन भएपनि सायद प्रकृति नवदलिएको हुनु पर्छ । पृथ्वी नफेरीएको हुनु पर्छ । काठमाण्डौं त्यो फोहोरको डंगुर बोकेको हिलाम्य वाग्मती खै कसरी कञ्चन हुनसक्छ । यी सुन्दर कलकल बग्ने कर्णाली भन्दा आज यहाँ कर्णाली छोडेर वाग्मतीको पानी खोज्दै हिडिरनु भएको छ । तर पनि मैले आफ्नो तिर्खा परिवर्तन गर्ने आवश्यक ठानेको छैन् । कमरेड तपाईले खहरे ठानेका तिनै नदिको बीचमा छु । यति बेला कोही भेरीको रुपमा बग्दै छन् । कोही सेतीको रुपमा त कोही कर्णालीको रुपमा निःस्तब्ध छु ।

आफैलाई नै थाहा छैन । मेरो मनको तमासा मेरो मनको तागत बिच जंघारमा उभिरहन्छु । मेरो ताकतको परीक्षा यी नदीले लिई सकेका छन् । म मध्य भागमा छु अनुभुति हँुदैछ बर्षा उर्लिरहेको छ । नदिले विभिन्न सडेगलेका वस्तुहरु वगाएर ल्याँउदैछ । आफु बग्दैछ मलाई वगाउने निश्चित छ । उता हावा वेजोडले चल्दै छ । आँधी तुफान ल्याउदैछ । म निर्जिव भई सकेको छु । लाग्छ चिसोले कठेयाग्रीएको मेरो सजिवता सिमित समयसम्म रहने निश्चित छैन् । यो पुष माघले सताई रहेछ । भिन्नै अनुभुति हुँदैछ । भिन्नभिन्न ! मलाई मेरो प्राणको लागि चाहिएको छ आगोको विउ आगोको विउ हो जनयुद्धको विउ ।

विश्वका थुप्रै अनकन राष्ट्रहरुमा बलेको आगोले सिङ्गगो विश्वलाई ततायो ? म सुनी रहेछु आगो के हो, के चाहान्छ आगोले ? विभिन्न अनुभुति प्रश्न सल्वलाई रहेका छन् । मनभरी उत्तर खोजीरहेको छु । यसको एउटै साझा उत्तर खोजीरहेको छु । कमरेड …. २०५२ फाल्गुणमा नेपाली जनताले सल्काएको राँको ईन्कलावको राँको जो १० बर्ष सम्म गतिवान ढंगले बल्यो नेपाली जनतालाई अधिकारको राय मुक्तिको राप न्यायको राप दिने कुरा निश्चित जस्तो लाग्थ्यो ।

मलाई एउटा ईतिहास पुनरावती यसरी भयो । जसरी १२ बुद्दे समझदारी हुँदै अन्तरीम संविधान हुँदै आउँदा त्यो मुक्ति न्याय स्वतन्त्रता, समानताको राँको १० बर्षे महान जनयुद्ध सकिएको सक्झौता भयो र जनयुद्ध सकिएको घोषण गरे नायकहरुले, नेपाली जनताले बैधानिक इन्कलावको राँको हधिकारको राँको निभेको महसुस गरे । एउटा अनौठो एतिहासको सुरुवात भयो । भिन्न अनुभुतिले लछारिरहेछ छापामार चलायमान र मोर्चावन्दी, रक्षा सन्तुलन र प्रत्याक्रमण जय जनयुद्ध ! जय जनवाद । सामाजवाद शुभ साम्यवाद ! सम्झौतावाद जिन्दावाद यस्तै यस्तै अनुभुतिले सताईरहेको छ लगातार ……………

कमरेड प्रिय कमरेड हो सत्य कसमः हामी अनभिज्ञ कदापी थिइनौँ । हामी हाम्रा आदर्श र सिद्धान्त सामु हामी हाम्रो रक्तिम गौरवपूर्ण इतिहास सामु शिर झुकाएर भन्छौः एकथरी पनि चुक्दैनौ भन्नलाई त के छ र इतिहास साक्षी छ । सबैका सामु रगतले निर्मित त्यो स्तम्भ त्यो सगरमाथा त्यो सुन्दर गाथा आखिर महानअभियानको माहायात्रामा थुप्रै आफन्तहरु गुमायौँ टुहुरा भएका छौ । टुहुरा अब तिनका सम्झना बाहेक केही छैन हामी शोक पुरानो भई सकेको छ । हगी !

हामी जो युद्धमा थियौ भोग्नै पर्ने कुरा सबै सबै भाग्यौँ । छिन छिनमा रोयौँ छिन छिनमा हाँस्यौँ कहिले आँशुको कर्णाली बगायौँ कहिले हाँसोले जंगल ततायौँ भोक निद्रा प्यास सबै पचाई सकेका थियौँ । एउटा वेग्लै इतिहास निर्माण गर्न मृत्यु पत्रमा हस्ताक्षर गरी निधारमा कात्रो बाँधेर प्रतिस्पर्दा लागी तछाड मछाड गरिरेका हुन्थ्यौँ । आज त्यो एकादेशको कथा बनेर सकियो । हो कमरेड साँच्चै जीवन यही द्धन्द त रहेछ,सोच्छु क्षति र नोक्सानीको घात र प्रतिघातको हर्ष र विष्मातको अनिवार्यता आकस्मीताका बिचको यस्तै यस्तै भान गरी रहेछु ।

अचेल कृपया अँध्यारो संग उज्यालो संग अँध्यारो सुन्दर संग कुरुप,कुरुप संग सुन्दर स्वाभाविक नियम भएर त होला क्रान्ति मुख मुखत प्रतिक्रान्ति घाँटी घाँटी कस्ले जन्मायो होला यो गित संगत नियम । आखिर फोहोरको डंगुरमा गुलाफको फुल पनि सुन्दर देखिन्न रहेछ हगी सम्झनाको लागी कञ्जुस्याई गरौं । भोली इतिहास यति पाषण, क्रुर र कृधग्न कदापी बन्ने छैन् लाग्छ संवेदना माथि ढुङ्गगा मुडा हुदा नदुख्ने मन सायद कस्को होला र ! यो संसारमा सत्य कसम स्वाभिमानता माथी पिङ खेलिदा छाती नपोल्ने कस्को होलार ?

हामी आफुलाई स्वाभिमानी साम्यवादी भन्छौं । पलपलमा, छिनछिनमा व्यक्तिगत स्वार्थ, द्धन्द र लुचाछुडिमा पलोक्रोहरु नच्याति व्यक्तिवादको ग्रेट वाल संसोधनवादको पहाड सुधारवादको साँध सिमाना न भत्काई कसरी सम्भव रहेछ यो अग्रयात्रा यो साम्यवाद । हिड् पर्ने त धेरै छ हैन र ? सानासाना थुम्का र कन्ला छोयर बास बस्ने खालका कुरा गर्दछौं । यति बेला हामी के गर्दछौं कमरेड ! आफ्नै टाउकोमा आफैले आगो सल्काउनु बाडो मुस्कीलको कुरा रहेछ हगी ! रुपान्तरणको प्रक्रिया जटिल र कष्टपूर्ण हुँदो रहेछ हगी फेरी यो लामो प्रक्रिया हो भन्ने कुरा हामीलाई थाहा नभएको कहाँ हो र ?

कमरेडः अठोट र प्रतिवद्धताले मात्रै कहाँ पुग्दो रहेछ र दृढ ईच्छुाशक्ति, धैर्यता,आत्म, संघर्षको भावना पनि उत्तिकै चाहिने रहेछ । क्रान्तिको घाँटी रेटेर विद्धान महोदय ,जनतालाई दिएको आश्वासन ती शहिदका सपना साकार भए भएनन् आफै छुट्याउनुहोस र उत्तर दिनुहोस् । समयलाई भोली समयको फैसला सुन्न समस्या पर्ला । इतिहासले जंगबहादुुरलाई जन्माएको मात्र छैन मारेको पनि त छ हगी ? हैन हैन कमरेड मैले बुझेको हरेक परिस्थितिमा क्रान्तिको हितको अधिमा पार्टीलाई हाँक्नु पर्छ । क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ जसको खाका लेलिन र माओले प्रष्ट कोरी दिनु भएको छ । त्यही बाटोमा ……. हिड्नु पर्छ । त्यही बाटोमा जनयुद्धको गर्धन रेटेर हैन भेटेर मात्र ।

यो लेख हामीले भौतिक मल्ल (जंगली) ले लेखेको संस्मरण तथा अनुभुति गरिएको बाल छापामार डायरी बाट साभार गरेका हौ ।

तपाईको प्रतिक्रिया