स्वास्थ्य कार्यालयमा कर्मचारीको जुवारी : हाकिमकै अगाडि अश्लिन शब्द, प्रहरी कार्यालयमा उजुरी( भिडियो सहित)

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयको ल्याब शाखामा आवश्यक पर्ने सामग्री कार्यालय प्रमुख टिकाराम जैसीसँग माग गर्न जाँदा स्वाथ्यकर्मीबीच झण्डै हातहालाहालको अवस्था सिर्जना भएको छ । कार्यालय प्रमुखसँग आवश्यक सामग्री माग्दा अन्य शाखाको स्वास्थ्यकर्मीको टाउको दुख्नु अनौठो रुपमा हेरिएको छ ।

२४ औँ घण्टा ल्याबमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीले त्यहाँ आवश्यक पर्ने सामग्रीहरु कार्यालय प्रमुख जैसीसँग माग्दा जैसीले कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी गंगा रेग्मीलाई तपाइले लिएको पुरै सामग्री बुझाएको देखिएन , बाँकी फिर्ता गर्नुहोस भनि सल्लाह दिएपछि स्वास्थ्यकर्मी गंगा रेग्मीले म बुझाउदिन भन्दै विवाद सुरु भएको थियो । कार्यालय प्रमुखको कार्यकक्षकै भारी मात्रामा जे पायो त्यही स्वास्थ्यकर्मी रेग्मीले बोलेको भिडियो समेत सार्वजनिक भएको छ ।

ल्याबमा कार्यरत स्वास्थ्यकर्मी हरीकला , कमला रावललाई स्वास्थ्यकर्मी रेग्मीले जागीर खाइदिने मात्र नभइ कार्यालय प्रमुखलाइ समेत अश्लिल शव्दले गाली गरेको भिडियोमा स्पष्ट सुनिन्छ ।

रेग्मी पुरै आक्रोषित भएको र हरिकला लगाएतका ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीहरु कम बोलेको भिडियोमा देखिन्छ । कार्यालय प्रमुख जैसीले तपाईहरु झगडा गर्ने भए बाहिर गएर गर्नुहोस, यहाँ नगर्नुहोस र कार्यालयको गरिमा अनि इज्जत समेत बचाउनुहोस भन्दै झगडा मत्थर पार्न खाजेको देखिन्छ ।
दुइ दर्शक भन्दा बढी जागीर खाएको स्थायी कर्मचारी हो म , करारकाले हल्ला गर्ने भनि रेग्मीले ल्याबका स्वास्थ्यकर्मीलाई हप्काएको भिडियोमा सुनिन्छ । स्वास्थ्य सेवा कार्यालयमा ल्यावमा काम गर्ने सबै करारका नै रहेका छन् । सबै भन्दा बढी काम शाखा पनि ल्याप नै रहेको छ ।

हरिकला सिंहले पटक पटक ल्याबमा काम आफू नसक्ने भन्दै राजिनामा दिदा समेत काम गर्ने मान्छे नहुँदा उहाँलाई रोकिएको छ । स्वास्थ्य सेवा कार्यालयमा यो लफडा भएपछि हिजो नै जिल्ला प्रहरी कार्यालयमा गाली ,बेइजतीको उजुरी दत्र्ता भएको छ । स्वास्थ्य सेवा कार्यालयको विवाद स्वास्थ्यमै मिलाउनु पर्छ भन्दै नेपाली कांग्रेस निकट स्वास्थ्य कर्मीले दबाब दिएको समेत बुझिएको छ ।
#नेपालपोस्ट खबर#

तपाईको प्रतिक्रिया