
खलंगा । जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठीमा बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । दुर्गम गाउँपालिकाको नामले चिनिने बारेकोट सुगम पालिकाहरुलाई उछिन्दै प्रथम भएको हो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटले तोकेका स्वास्थ्य क्षेत्रका मापदण्ड पुरा गर्दै बार्षिक प्रगति विवरणका आधारमा स्वास्थ्य शाखा बारेकोटले आ.व.२०७६÷०७७ र ०७७ ÷०७८ लगातार सुगमका पालिकालाई उछिन्दै आएको छ ।

सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत पहिलो पटक गर्भवती जाँच गराएका महिलाहरुको प्रतिशतमा आ.व. ०७५ ÷०७६ मा ८२.५ प्रतिशत, आ.व.०७६÷०७७ मा ८५.५ प्रतिशत वृद्धि भएको थियो भने आ.व. २०७७÷०७८ मा ११५.७ प्रतिशत महिलाहरुले पहिलो पटक जाँच गराएका छन् । नियमित चार पटक गर्भवती जाँच गराउने महिलाहरुको प्रतिशत आ.व. ०७५ ÷०७६ मा ६५.५ प्रतिशत रहेको थियो ।
आ.व.०७६÷०७७ मा ८३ प्रतिशत रहेको थियो भने २०७७÷०७८ मा ८६.७ प्रतिशत महिलाहरुले चार पटक गर्भचाँच गराएका छन् । आ.व. २०७७÷०७८ मा १३१ प्रतिशत महिलाहरुले संस्थागत सुत्केरी गराएका छन् ।

०७६÷०७७ मा ९९. ३ प्रतिशत र आ.व. ०७५ ÷०७६ मा ८० प्रतिशत महिलाहरुले सुरक्षित संस्थागत सुत्केरी गराएका छन् । स्वास्थ्य संस्थाबाट नियमित गर्भजाँच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोत्साहन रकम समेत दिदै आएको थियो । गाउँपालिकाबाट थप १ हजार रकम थप गरेपनि ३ बर्ष यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको संख्या चार गुणाले बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

बारेकोटले ६१ दशमलब ९२ प्रतिशत ल्याएर प्रथम भएको हो । यस्तै सदरमुकाम खलंगामा रहेको भेरी नगरपालिकाले ५७ दशमलब ६० प्रतिशत ल्याएर दोस्रो, नलगाड नगरपालिकाले ५४ दशमलब ६४ प्रतिशत ल्याएर तेस्रो भयो । क्रमशः कुशे गाउँपालिकाको ५४ दशमलब ६१ प्रतिशत, छेडागाड नगरपालिकाको ४९ दशमलब ६०, शिवालय गाउँपालिकाको ४८ दशमलब २६ प्रतिशत, जुनीचाँदे गाउँपालिकाको ४२ दशमलब १७ प्रतिशत ल्याएका छन् । यो वर्षसँगै पहिलो वर्ष पनि बारेकोट प्रथम भएको थियो । यो वर्ष पनि प्रथम स्थान बारेकोटकै हातमा गएको छ ।
















































। ७ कार्तिक २०७८, आईतवार