खलंगा । चोरी मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोट बाट विभिन्न मितिमा फैसला कार्यन्वयनको सिलसिलामा फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा अस्थायी प्रहरी पोस्ट स्याला बाट खटिएको प्रहरी टोलीले नाम परिवर्तन पर्वत एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अदालतको लागत नम्बर २ सय ४४ रहेका उनलाई आईतबार विहान ९ बजे आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि जाजरकोट अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
















































। ७ कार्तिक २०७८, आईतवार