‘धार्मिक कार्यक्रमको आधारमा बजेट विनियोजन गर्ने परिपाटी बन्द गरौं’

वीरबहादुर नेपाली


संसदीय व्यवस्थाका नाइकेहरुले कल्पनाशक्ति र सिर्जनाशक्तिको अभाव पूर्ति गर्न दलालीहरुले धर्मको पुच्छर समाउँछन् । विभिन्न कालखण्डमा जस्तै ः राणाकाल, प्रजातन्त्र, पञ्चायतको धार्मिक शासन हुँदै धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा पनि दलाल पुँजिपती संसदीय व्यवस्थाका हिमाइतेहरुले धर्मको आडमा सत्ता, सदन र कुर्सी जोगाउने यन्त्रको रूपमा प्रयोग गर्दै छन् ।

संसदीय राज्य व्यवस्था संरचना अनुसार जाजरकोट जिल्ला अन्तर्गत पर्ने भेरी नगरपालिका मा बजेट विनियोजनमा धर्मलाई प्रोत्साहन गरेको छ । यसको पछिल्लो उदाहरण हुन्, (१)वडा न ३ तल्लो थाप्ले स्थित ठकुरीको कुल देवताको मन्दिर स्थान्तरण २० लाख (२)रिम्ना शिव मन्दिर पिपल चौतारी निर्माण एक लाख (३)गणेश मन्दिर मर्मत १ लाख, (४) भयारथान मन्दिर घेराबार तथा गजुर निर्माण २ लाख, (५)भेरेखर्क मन्काल मन्दिर निर्माण १ लाख ५० हजार, (६)बाविरा देउता मन्दिर निर्माण २ लाख (७)मालिका मन्दिर निर्माण ३ लाख (८)कालीका मन्दिर निर्माण महतरागाउँ २ लाख ९० हजार (९)चतुरमाला मन्दिर निर्माण माथि बाहुनगाउँ २ लाख ९० हजार, (१०) मष्टा मन्दिर टेउपुन्मा कट्टिगाउ निर्माण २ लाख ९० हजार,(११)मष्टा मन्दिर निर्माण बास्ठान गाउँ २ लाख ९० हजार,(१२)मष्टा मन्दिर निर्माण छितान गाउँ २ लाख ९० हजार र (१३)कालिका मन्दिर खोदा २ लाख ९० लाख बजेट विनियोजन गरेको देखिन्छ ।

करिब ५० लाख भन्दा बढी बजेट स्थानीय सरकारले धार्मिक क्षेत्रमा लगानी गर्नु भन्दा , यस बजेटलाई स्थानीय तहका विभिन्न वस्तीमा अझै पनि पानीको अभावबाट दु ः ख कष्ट खेपिरहेका छ । त्यस्तै, शिक्षा क्षेत्रमा गुणस्तर कक्षा कोठाको व्यवस्था छैनन् , हरेक समस्या बाट ग्रसित छन् । जन समुदायहरु , तर विडम्बना सरकार भने मोज सस्ती मनोरञ्जन तर्फ अग्रसर भएको छ ।

जुन राज्य व्यवस्थाले धर्मलाई प्रोत्साहन गरेको छ । यसैले नै समाजमा हिंसा उत्पन्न गरेको दृष्टान्त जगजाहेर छन् । तर यो बजेट विनियोजनमा असमानता धेरै छ । किनकी स्थानीय स्तरमा अन्य कुनै धर्म मान्ने समुदाय पनि छ । जो क्रिश्चियन धर्ममा समर्पित जनसंख्या पनि धेरै छ । उनीहरुको लागि त केही देखिएन ?

अहिलेका राज्य संचालक पार्टी, व्यक्तिले हरेक परिस्थितिमा धर्मको आडमा राज्य संचालन भएको छ । कस्तो विडम्बना को कुरा धर्मलाई ‘अफिम’को संज्ञा दिने वैचारिक तथा सैद्धान्तिक पृष्ठभूमिबाट आएका (माओवादी केन्द्र ) जस्ले आज हरेक काम गर्दा पूजाआजा गरेर मात्र काम गर्न खोज्छन् । अहिले को २१औं शताब्दी सम्म आई पुग्दा पनि मानव समुदायलाई जबर्जस्त रुपमा अलौकिक, अदृश्य शक्तिमा धकेल्दै छन् । यो आध्यात्मिक वादीहरुको प्रविधि हो ।

अबको राज्य व्यवस्था वैज्ञानिक दृष्टिकोण सहितको बैज्ञानिक समाजवाद नेपाली समाजमा अनिवार्य आवश्यताको विषय बनेको छ । त्यस राज्य व्यवस्था स्थापना गर्नको निम्ति “एकीकृत जनक्रान्तिको” कार्यदिशालाई आत्मसात गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न हामी तत्पर छौं ।
लेखक : नेपाली नेपाल कम्यनिष्ट पार्टीका भेरी कमिटी सचिव हुन् ।

तपाईको प्रतिक्रिया