धर्म की अडम्बर ?


जीवन एक बाचुञ्जेल अनवरत रूपमा चलिरहने संघर्षको मैदान हो । बाँच्न, अगाडि बढ्न अनेकौ किसिमका सामाजिक , धार्मिक , परम्परागत , चालचलन, रितिरिवाजको नाममा भिमकाय आडम्बरको पहाडमा जबरजस्ति चल्दै अगाडि बढ्छ । हो पक्कै पनि मानव ,समाज ,सभ्यता ,विकास,ज्ञान आर्जन , मानवतनको लागि आवश्यक उपयोगी सकारात्मक सबै कुरालाई हामीले अनुशरण गर्नैपर्छ, तर समाजमा व्याप्त अनेकौ किसिमका अन्धविश्वास , जडता, रूढिवादमा हामिले धावा बोल्नै पर्छ ।

त्यो हामी मानवको दायित्व हो । जीवनमा घटेका अनेकै घटनामध्ये जीवनको तत्कालिन पछिल्लो घटनाले जीवनमा एक झन् थप स्पष्टता भएको अनुभूति भएको छ । मेरो व्यक्तिगत बुझाईमा समाजमा रहेका र तपाईहरूले अनुशरण गरेका सबै धर्म, वुझाई , परम्परा , चालचलन , रितिररिवाज प्रति उच्च सम्मान छ तर मेरो जीवनको व्यावहारिक पाटोलाई म मेरो बुझाई र आदर्श अनुसारको जीवन जिउने अधिकारबाट कसैले रोक्न सक्दैन । समाजमा नयाँ काम गर्दा अपहेलित हुनु, एक्ल्याउन खोज्नु , खिसिटिउरि गर्नु र अनेक नामका उपमा पाउनु नयाँ होईन त्यस्को ऐतिहासिक जिउदो ईतिहास सर्बविदितै छन् ग्यालिलियो ।

धर्म भनेको के हो ? धर्म त्यही हो, जुन काम तपाईं साँचो, सत्य, सही गर्नुहुन्छ । तपाईंले गर्ने ति तमाम काम धर्म हो, जसमा श्रम, इमान्दारिता, सत्य मिसिएको छ । अर्थात सही ढंगले गरिने सही कर्म नै धर्म हो । यस्ता कर्मले तपाईंको जीवन सरल र सहज त हुनेछ नै, अरुको पनि हित हुनेछ । खास तपाईं हामीले गर्ने त्यो कर्म असलमा धर्म हो, जसले अरुको दुःख, पीडा, समस्या, अभाव कम गर्न मद्दत गर्छ । धर्मबारे धेरै शब्द जाल बुनिरहनु आवश्यक छैन । यसलाई एउटै शब्दमा बुझ्दा हुन्छ, धर्म भनेको उपकार हो । कल्याणकारी काम हो ।

कुनै स्वार्थ नराखी कसैप्रति पूर्णत सेवाभावले गर्ने कर्म पनि धर्म हो । असाहयप्रति तपाईंले दर्शाउने स्नेह भाव र गर्ने सेवा पनि धर्म हो । कसैका लागि गरिने पूण्यको काम पनि धर्म हो । सत्य र साँचो कुरामा सधै अडिग रहनु पनि तपाईंको धर्म हो । धर्म भनेको मानवीय चेतनाको त्यो एउटा रुप हो ।

जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो , धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो । धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौकिक शक्तिमाथि विश्वास गर्नु हो । धर्मको बारेमा फ्रेडरिक एंगेल्स भन्नुहुन्छ, ‘हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिशरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन , जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शरीरहरुले अलौकिक शक्तिहरुक रुप धारणा गरेका हुन्छन् ।’

एउटा के कुरा जान्न जरुरी हुन्छ भने धर्म एक्कासि आफै जन्मिएको वा उत्पत्ति भएको होइन , यो मानिसद्वारा जन्माइएको हो । पूजापाठ गरेर, देवतालाई भेटी चढाएर, मन्दिर धाएर, बिहान–बेलुकी आरती गरेर, पुराण लगाएर, ब्रत बसेर धर्म हुँदैन । यी आडम्बर हुन्, जबसम्म यी कुरालाई तपाईंले विधीपूर्वक र बुझेर गर्नुहुन्न । यदी यी कुराको अर्थ र मर्म बुझेर, विधीपूर्वक गर्नुहुन्छ भने त्यो चाहि त्यसबाट तपाईं लाभान्वित हुनुहुनेछ । किनभने यी सबै विधी–विधानले तपाईंको मन र शरीर शुद्धिकरण गर्नेछ । यी आफैमा धर्म होइनन् । तर, धर्ममा पुग्ने बाटो हुन् । अर्थात तपाईंमा धार्मिक प्रवृत्ति विकास गराउने माध्यम हुन् ।

तपाईंको जन्म, न्वरान, विवाह आदि विधी कुन पद्धतीबाट गर्नुभयो ? हिन्दु, इसाई, बौद्ध, मुश्लिम । वास्तवमा हामीले धर्म भनिरहेका यी कुरा धर्म होइनन्, पद्धती हुन् । जीवनलाई सही, सत्य र सन्तुलित ढंगले डोहो¥याउने एक प्रणाली हुन् । यी आफैमा धर्म होइनन् । हिन्दु धर्म होइन, इसाई धर्म होइन, मुस्लिम वा बौद्ध धर्म होइन । संस्कार हो । पद्धती हो । हाम्रो जीवनलाई समुन्नत ढंगबाट डोहो¥याउने प्रणाली हुन् ।

यी कुनैपनि पद्धतीलाई नियमपूर्वक एवं अनुशासित ढंगले आत्मसात गरेर हामीले आफ्नो जीवनलाई सही र सन्तुलित रुपमा जिउन सक्छौ । चराचर जगतसँग जोडिएर कसरी जीवनको सौन्दर्य खोज्ने भन्ने कुरा यी पद्धतीबाट थाहा हुन्छ । लोक, प्रलोक, स्वर्ग, नर्क, जन्म, पुनरजन्म, भाग्य, कर्म, काल्पनिक ईश्वर, देवी, देवता, मठ– मन्दिर, पूजापाठ, कोरा कल्पना, अलौकिक प्रति विश्वास, अन्ध भक्तता , पूण्य , अन्धविश्वास आदि हिन्दु धर्मका आधार हुन् ।

मानव जिवनलाई सहज र सरल रूपमा जिउनको लागि धर्म,चाडपर्व , रितिरिवाज, चालचलन निर्माण गरियका हुन के हिजो आज तपाईं हामिले मनाउने चाडपर्व, रितिरिवज , चालचलन हामिले साँचै धान्न सक्ने किसिमका छन त ? जस्तो विवाह , जन्म उत्सव , तिजको देखावटिपन ,ईङ्जेजमेन्ट लगायतकालाई हेर्दा के हामी साचै सन्तुष्ट छौ त ?

धार्मिक विचार , धार्मिक आस्था र पूजापाठ गरी हरेक धर्ममा मूख्यतः तीन तत्व हुन्छन् । यहाँनीर ध्यान दिनु पर्ने मुख्य कुरा के हो भने धार्मिक विचार सम्बन्धित धर्मको एक निश्चित प्रणाली हो , जुन कुनै अलौकिक शक्ति वा ईश्वरमा आधारित निश्चित विचार , आस्था , आचार र आदर्शमा आधारित हुन्छ ।अतः धार्मिक आस्था भनेको कुनै अलौकिक शक्ति वा काल्पनिक ईश्वरमा विश्वास गर्नु हो ।

साथै धार्मिक पूजापाठ भन्नाले सम्बन्धित धर्मका कर्मकाण्ड , विधि र विधिन आदिलाई लिने गरिन्छ । तपाईंले हिन्दु पद्धती अंगाल्दैमा, इसाईहरु पापी हुँदैनन् । पराई हुँदैनन् । तपाईंले इसाई पद्धती अंगाल्दैमा हिन्दुहरु सैतान हुँदैनन् । यस्ता झेली शब्दजाल त तिनीहरुले नै समाजमा छरेका हुन्, जसले धर्म र संस्कारको भेद नबताई त्यसलाई आफ्नो कमाउ धन्दा बनाइरहेका छन् ।

धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहार विहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्म हुन् । तसर्थ अब म जुन दिन जुन चाडपर्वको दिन जहाँ पुग्ने छु सबैको उच्च सम्मान गर्नेछु ।

तपाईको प्रतिक्रिया