खाद्य अधिकार सम्बन्धी इन्सेकको छेडागाडमा अन्तरक्रिया

No description available.
खलंगा । जिल्लाको छेडागाड नगरपालिकामा मानवअधिकार सेवा समुह र अनौपचारिक सेवा केन्द्र इन्सेकद्धारा अन्तरक्रिया सम्पन्न भएको छ । नागरिकमा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मानवअधिकार सेवा समुहका अध्यक्ष नरबहादुर खड्काको अध्यक्षतामा, छेडागाड नगरपालिका उप प्रमुख सरिता वलीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य सैरुपा थापा, जिल्ला मुक्त हलिया समाज जाजरकोटका उपाध्यक्ष शिला परियार , छेडागाड नपाका रोजगार संयोजक धनबहादुर रावत लगायत २१ जनाको सहभागिता रहेको थियो ।

No description available.

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले छेडागाड नगरपालिकालाई खाद्यमा आत्मनिर्भर बनाउन कृषिमा आधुनिकिकरण गरी उत्पादन वृद्धिमा जोड गर्नुपर्ने बताए । नगर उपप्रमुखका वलीका अनुसार, जेष्ठ एकल पुरुषलाई , बाबुआमा नभएकालाई, भत्ताको व्यवस्था गर्ने, आर्थिक अवस्था कमजोर परिवारको जन्मदर्ता नागरिकता उपलब्ध गराउन सहयोग गरिने, दैविक प्रकोपमा परेकालाई उद्दारका लागि सामग्री तयारी रहेको , मुक्त हलिया परिवारका लागि कार्यक्रम ल्याउन पहल गर्ने बताईन् । कार्यक्रम सञ्चालन इन्सेक जिल्ला सहजकर्ता प्रसाद नेपालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया