खलंगामा सम्पन्न ‘जाजरकोट महफिल’

May be an image of 13 people, people standing and outdoors
खलंगा । पहिलो पटक सञ्चालित ‘जाजरकोट महफिल’ सम्पन्न भएको छ । जाजरकोटी साहित्यिक आवाजको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो । नेपालको गजल क्षेत्रलाई थप उचाईमा पु¥याउन सफल चर्चित गजलकार वावु त्रिपाठीको उपस्थितीमा ‘जाजरकोट महफिल’ सम्पन्न भएको जाजरकोटी साहित्यिक आवाजका अध्यक्ष भावुक रिदम बावुले जानकारी दिए ।

कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीको प्रमुख आथित्यतामा जिल्ला भित्र र बाहिरका १ एक सय भन्दा बढी गजलकारहरुको उपस्थिती रहेको थियो । ‘जाजरकोट महफिल’ मा चार श्रष्ठाहरुको गजल बाचन गरिएको थियो । जसमध्ये दैलेखका गजलकार महेश के भट्टराई, जाजरकोटका गजलकार हेमन्त हेमलक, सुर्खेतका गजलकार, हिमाल सरोवर ठकुरी र कालिकोटका गजलकार माया निर्भिकको विशेष वाचन रहेको थियो ।

अन्य गजलकारहरुले एकएक गजल वाचन गरेका थिए । आधुनिक गजल नेपालका संयोजक विपिन सलामी सहित मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतका अध्यक्ष धिरेन अनुपमको उपस्थिती रहेको जाजरकोटी साहित्यिक आवाजले जनाएको छ ।

जाजरकोटको साहित्यिक इतिहासमा पहिलो पटक ‘जाजरकोट महफिल’ सञ्चालन गरेको प्रति नगरप्रमुख घर्तीले सबैलाई धन्यवाद व्यक्त गरे । आफु जतिवेला पनि सहयोग गर्न तयार रहेको समेत उद्धघोष गरे ।

तपाईको प्रतिक्रिया