
खलंगा । जिल्लाको भेरी नगरपालिका ७ पुन्मामा जिल्लाकै ठुलो धनराशीको भलिवल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको आयोजनामा वडा स्तरीय भलिवल प्रतियोगिता हुने अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।
उनका अनुसार, खेल क्षेत्रको विकासमा टेवा पुग्ने हेतुले जिल्लाकै ठुलो धनराशीको पुरुस्कार राखेर भलिवल क्षेत्रको आयोजना गरिएको छ । जसमा विजेताले ८० हजार नगद सहित मेडल र प्रमाण पत्र पाउने छ ।
उप–विजेताले ४० हजार सहित मेडल र प्रमाण पत्र पाउने छन् । दर्ता शुल्क ३ हजार रहेको छ । असोज २५ गते बाट खेल शुरु हुनेछ । हाम्रो पुहँच खबर बाट प्रत्येक दिनको अपडेट प्रकाशन गर्नेछौ ।
















































। १९ आश्विन २०७८, मंगलवार