कम्युनिष्ट बिद्यार्थी अभियान अन्तर्गत संगठन विस्तार तथा छलफल तिव्र

No description available.
तिलक विष्ट
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)जाजरकोटले सञ्चालन गरको कम्युनिष्ट बिद्यार्थी अभियान अन्तर्गत संगठन बिस्तार तथा छलफल कार्यक्रम तिव्र रुपमा अघि बढाइएको छ ।

आईतबार सोही क्रममा भेरी नगरपालिका ५ काफलचौरमा अवस्थित जाजरकोट प्राबिधिक शिक्षालयमा संगठन बिस्तार तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त प्राबिधक शिक्षालयमा जीवन चन्दको अध्यक्षतामा ४७ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेमकला चलाउने ,सचिव केशवराज कार्कि, सहसचिव वर्षा चन्द, कोषाध्यक्षमा निशा खडका रहनुभएको छ ।

संगठनका केन्द्रीय सदस्य तथा जाजरकोट अध्यक्ष बिराजन शाहीको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिंह , सचिब तिलक बिष्ट, सचिवालय सदस्य सुनिल सिंह लगायतको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहीले विद्यमान नेपालको शैक्षिक अवस्था जनबिरोधि र आवश्यकता बिरोधि छ । आम जनताको पहुँच भन्दा टाढा रहेको छ र यसको सही विकल्प बैज्ञानिक समाजवाद नै रहेको बताउनुभयो ।

संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिंहले समेत सम्बोधन गरेको कार्यक्रममा संगठनका सचिवालय सदस्य सुनिल सिंहले स्वागत मन्त्वय राख्नुभएको थियो  ।

तपाईको प्रतिक्रिया