
खलंगा । जिल्लाको शिवालय गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकामा शुक्रवार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शिक्षा, स्वास्थ्य खाद्यान्न र आवास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन गरेको हो ।
शिवालय गाउँपालिका मानव अधिकार समुहका अध्यक्ष जङ्ग बहादुर शाहीको अध्यक्षतामा र गाउँपालिका कार्यवाहक अध्यक्ष एवम् वडा नम्वर १ अध्यक्ष मानबहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शिवालय गाउँपालिकामा मुख्यगरी शिक्षा र स्वास्थ्यमा पहिलेको भन्दा धेरै कुरामा सुधारन्मुख र परिवर्तन भएको कार्यक्रममा पुनले बताए ।
आगामी दिनमा शिक्षा स्वास्थ्य र आवासलाई जनताको घर दैलो सम्म लैजाने प्रतिबद्धता कार्यक्रममा गरिएको छ । आगामी दिनमा स्वास्थ्य सम्बन्धी नियम अनुसार औषधी उपचार गर्ने, शिक्षा सम्बन्धि बैकल्पिक शिक्षा संगै सरकारको नियम अनुसार व्यवस्थित गर्ने, खाद्य र आवासको सवालमा आवश्यकताको पहिचानगरि सबैको हकअधिकार सहित खाद्य डिपो स्थापनका लागि सम्बन्ध त निकाय संग पहल गर्ने कार्यक्रम ठोस गरिएको छ ।
















































। १५ आश्विन २०७८, शुक्रबार