प्रशासनद्धारा बजार अनुगमन

May be an image of one or more people and people standing

खलंगा । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बजार अनुगमन थालेको छ । नेपालीहरुका महान् चाडपर्व वडा दशै तथा तिहारलाई लक्षित गरी बजार अनुगमन थालेको हो । विहीबार जिल्ला सदरमुकाम खलंगाको गैरीखाली क्षेत्रका केही पसलहरुमा अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनको आधिकारी फेसवुक एकाउन्ट मार्फत प्रशासकीय अधिकृत झलक के सी को नेतृत्वमा जिल्ला प्रहरी कार्यालय , उद्योग तथा उपभोक्ता हित कार्यालय, भेरी नगरपालिका वडा नं ४, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ जाजरकोटको र नागरिक समाजका अगुवा समेतको संयुक्त टोलिले बजार अनुगमन गरेको जनाएको छ ।

अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य तथा दैनिक उपभोग्य सामाग्री नष्ट गरिएको छ । साथै केही पसलहरुले साइनवोर्ड समेत नराखेको पाइयो भने अधिकांश पसलहरुले मुल्य सूची नराखेको पाइएको छ ।

त्यस्ता पसलहरुलाई लिखित तथा मौखिक सचेत गराईएको छ । आगामी दिनमा यस्ता गल्ति कम्जोरीमा सुधार हुनेछ भन्ने विश्वास छ । सुचना कति म्याद गुज्रेका समान र कति पसल अनुगमन गरियो भन्ने खुलाईएको छैन ।

No photo description available.

तपाईको प्रतिक्रिया