बैंकिङ क्षेत्रमा कृषि बिकाश बैंक जाजरकोटको नयाँ तरङ्ग;सन्तोष योगि

जाजरकोट

कृषि बिकाश बैंक शाखा कार्यालय जाजरकोटले आर्थिक बर्ष २०७७/७८ मा तोकिएको बित्तीय तथा गैह्रबित्तीय लक्ष्य अनुसार प्रगति हासिल गरेको छ् ।३० देखी ५० करोड सम्मको कर्जा कारोबारो अन्तरगत जाजरकोट शाखा कार्यालयले प्रथम स्थान हासिल गर्ने सफल भएको छ् ।

विभिन्न किसिमका उद्यमि ,किसान र ब्यापार कारोबार गर्ने जिल्ला बासीको माग अनुसार स्थानीय कृषि उत्पादनम जोड दिनुका साथै विभिन्न किसिममा लघु तथा घरेलु उद्योगलाई प्रबधन गरि जिल्लालाई आत्मनिर्भर गर्ने लक्ष्य रहेको जिल्ला कृषि बिकाश बैंकका म्यानेज सन्तोष कुन्वर योगिले जानकारि दिनुभएको छ् ।

जिल्लामा मात्र नभई गाउँ गाउँमा कृषि बिकाश बैंकको पहुँच बढाउने अबको नयाँ रणनीति रहेको र जिल्लाको उत्पादनमा थप जोड दिन सहकार्य गर्ने सबै स्थानीय तहहरुलाई योगिले अनुरोध गर्नुभएको छ् ।

कृषि बिकाश बैंकमा कार्यरत कर्मचारीहरु अहिलेसम्मकै सिर्जनात्मक ,रचनात्मक लगनसिल र ईमानदार पुर्बक काम गर्ने युवाहरु भएको हुँदा सिङ्गो टिम नै चलायमान रहि सेवाग्राहीहरुलाइ चुस्त दुरुस्त रूपमा सेवा प्रवाह गरेकाले जाजरकोट शाखा कार्यालय उत्कृष्ट पुरुस्कारको भागेदारी रहेको योगिको भनाइ छ्।

तपाईको प्रतिक्रिया