९ आश्विन २०७८, शनिबार
ताजा खबर
  

गजलकार हेमन्त हेमलकका तीन उत्कृष्ट गजल

गजल
भन्न खोज्छु कति,भन्न सक्दिन डर लाग्छ
बहिनी भन्छे आफ्नै घर पनि मुर्दाघर लाग्छ

कोपिला टिप्नु पाप हो,हत्या हो भनेर के गर्नु,
अचेल यहाँ कोपिलाहरुमै बढी नजर लाग्छ

लाग्ने कुरा हो जस्लाइ जे पनि लाग्न सक्छ
रहरलाइ लाग्दो हो रहरलाइ पनि रहर लाग्छ

देखेर पनि नदेखेझै गरि चित्त बुझाउनुपर्छ
कसरी भन्नु ? आफ्नै मुटु पनि पत्थर लाग्छ

गजल
कहिले पाउको विरुद्ध कहिले गर्धनको विरुद्ध
खन्जर तेर्सीरह्यो सधै परिवर्तनको विरुद्ध

यसकारण आन्दोलन आन्दोलन भएको छ
आन्दोलनकारी नै छ्न आन्दोलनको विरुद्ध

भोली कसको विरुद्ध को उठ्छ थाहा छैन
आज एक दिवाना उठ्यो मनको विरुद्ध

कठोर बचन कसैका लागि यति भयानक बन्यो
बाउको मृत्यु उभियो छोराको बचनको विरुद्ध

गजल

भनौ इज्जत जान्छ , धेरथोर रहेछ
नभनौ आफ्नै मान्छे घुसखोर रहेछ

जसले चोर्नुहुन्न भन्दै प्रवचन दिन्थ्यो
उ स्वयम आफैमा नामी चोर रहेछ

सोचेथे आवरण मात्रै फोहोर हो भनेर
मित्र तिम्रो त नियत पनि  फाेहर रहेछ

बिच बाटोमा पुगेपछि बल्ल थाहा भयो
जिन्दगीको जङ्गल झन घनघोर रहेछ