९ आश्विन २०७८, शनिबार
ताजा खबर
  

देश माओवादीकै एजेण्डामा चलेको छ : यूवा नेता मोहित

‘आमूल परिवर्तनका लागि जनयुद्धमा होम्मिए’

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) निकट यूवा संगठन वाईसीएल नेपालका केन्द्रिय सदस्य एवं जाजरकोट ईन्चार्ज मनोज विक (मोहित) संग हाम्रो पुहँच डटकमले पछिल्लो राजनीतिक घटनाक्रम,अवका माओवादी केन्द्रका एजेण्डा, वाईसीएलको भुमिका लगायतका विषयमा गरेको कुराकानीको अंश प्रस्तुत छ ।
१. स्वागत छ । सर्वप्रथम हालै सम्पन्न महाधिवेशन बाट केन्द्रिय सदस्यमा मनोनित हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

धन्यवाद ।
२. तपाईको राजनीतिक यात्रा कसरी सुरु भयो ?
सम्वत् देशभरी आमुल परिवर्तनका लागि सर्वहारा वर्गको प्रतिनिधित्व हुने गरी जुन देशमा दश बर्षे जनयुद्ध चल्यो । त्यो जनयुद्धको प्रभाव हाम्रो क्षेत्र र हाम्रो वर्गलाई पर्न गयो । मैले विशुद्ध ढंगले हाम्रो वर्ग, क्षेत्र, भुगोलको सुनिश्चित्व माओवादी आन्दोलन र जनआन्दोलनले गर्छ भन्ने कुरा विश्वासका साथ मैले २०५७ सालमा १७ बर्षको उमेरमा मुक्ति या मृत्युको कसम खाएर प्रत्यक्ष होम्मिएको योद्धा हो । त्यसपछि म होम्मिसकेपछि अव्वल योद्धाको रुपमा प्रत्यक्ष २०५७ साल देखि २०६१ साल सम्म जनयुद्धका उताबचडाव, घुम्ती जोडहरुलाई सहजताका साथ भुमिका खेलेको योद्धा हो ।

२. जनयुद्धको कुन दिनको क्षणलाई यहाँले विर्सन सक्नुभएको छैन् ?
मलाई जनयुद्धको विर्सनै नसकिने रोल्पा जिल्लाको गाम स्थित अस्थाई सैनिक व्यारेकमा आक्रमण गर्दाको क्षण छ । त्यति वेला नेपालमा तत्कालिन सैन्य संरचना तीन वटा वटालियन थियो । जसमा म भेरी कर्णालीमा कार्यरत थिए । भेरी कर्णालीको वटालियनको संरचना अनुसार यहि कम्पनी अन्र्तगतको नं ८ को पालाटममा कार्यरत थिए ।

हामी लडाईमा सहभागी हुदाँ त्यति वेला हाम्रो कमान्डर कामरेड सौेगत ( वीरबहादुर रावत) सहायक कमाण्डर जुम्लाको धर्वेन्द्र कामरेड हुनुहुन्थ्यो । सेक्सन कमाण्डर कामरेड गम्भीर हुनुहुन्थ्यो । कमाण्डर घाइते, सह कमाण्डरको सहादत, सेक्सन कमाण्डर गम्भीर घाइते र अन्य सदस्य कामरेड राजनको सहादत भयो । त्यति कमाण्डर नै घाइते भएकोले हामीले जनयुद्धमा अहिले सम्म विर्सन नसकिने त्यो क्षण पनि एक हो । मेरो आफ्नै व्यक्तिगत जनयुद्धमा विर्सन नसिकने सुर्खेतको कमाण्डो आक्रमण भईसकेपछि फर्किदा फेरी म आफ्नै खुट्टामा गोली लागेपछि अहिले पनि सुर्खेत पुग्दा झसंग झसंग याद आईरहन्छ ।

२.माओवादी पार्टीलाई देशको एक नम्बर पार्टी बनाउन वाईसीएलले कस्तो भुमिका खेल्छ ?
अहिले हाम्रो प्रथम राष्ट्रिय भेला एक्काईशौं शताब्दीको विज्ञान र प्रविधिको प्रयोग गर्दै भाद्र १२ र १३ गते ८ वटा क्याम्पहरु बाट भर्चुल मात्रामा सम्पन्न भएको छ । यसले लिएका निर्णयहरु प्रत्येक जिल्लाका ६ हजार १० वडा र ७ सय ७३ स्थानीय तहरुहरुमा संगठन निर्माण, संगठनको मजवुतीकरण गर्न भेला सम्मेलन बाट निर्वाचित गर्ने हामीलाई निर्देशन आएको छ ।

जसमा जाजरकोटमा पनि यहि असोज ५ गते जिल्लामा रहेका विभिन्न जनवर्गीय संगठनको संयुक्त प्रशिक्षण कार्यक्रम पश्चात् आ– आफ्नो संगठनको वैठक वसी कार्यक्षेत्र विभाजन गरी भेला सम्मेलनको मिति तोकि साथीहरुलाई जिम्मेवारी दिई गाउँस्तरमा पठाईएको छ । पार्टीलाई देशको नम्बर एक बनाउन जुन समाजमा हुने वेतिथी, अन्याय, अत्याचार, भष्ट्राचार यसको अन्त्यका लागि देशैभरी वाईसीएलले अभियान चलाउन जरुरी छ । यो गरियो भने पार्टी देशको नम्बर हुन्छ भन्ने मेरो ठम्याई छ ।
३. माओवादी पार्टी नेपालमा कमजोर हुुनुको कारणहरु के देख्नुभएको छ ?
मुलत् ः जनयुद्ध पुर्ण सफलता प्राप्त नगरिकनै शान्ति अवस्थामा अवतरण भयो जनयुद्ध । त्यसपछि जनमुक्ति सेना, कार्यकर्ता, आम जनसमुदायको सामु हामीले नेतृत्वले देखाएका जुन सपना थिए । ति सपनाहरुमा नेतृत्वले पहल लिन नसकेको भन्न पनि सक्दिन म । नेतृत्वले नगरेको भन्न पनि सक्दिन म । हिजो हामीले जनयुद्ध लड्दा भन्दै आएका थियौ ।

संसदीय व्यस्था यस्तो हो कि, ‘खसीको टाउको झुण्ड्याएर , कुकुरको मासु वेच्ने थलो’ बन्दै आएका थियौ । अलिकति हाम्रो पार्टी, नेतृत्व, दोस्रो दर्जाका नेताहरु त्यहि संसदीय व्यवस्थाको गोलचक्रमा फसे जस्तो आभास हुन्छ मलाई ।

जसमा नेपाली जनताले समेत बुझ्न नसकेको कुरा, माओवादी जनयुद्धका कारण संविधान सहितको संघीयता, संघीयता सहितको संविधान, गणतन्त्र, धर्मनिरेपक्षता, सामानुपातिक, समावेशी यो चाहिं माओवादीको एजेण्डा हो । यो व्यवस्थाको जन्मदाता अथवा गणतन्त्र नेपालको पिता नै अध्यक्ष कामरेड प्रचण्ड हुनुहुन्छ भन्ने दावी गर्दछु म ।

५. समावेशीका कुरा गर्ने संगठनमै समावेशी छैन किन ?
मैले सार रुपमा बुझ्दा के देखिन्छ भने तपाईले गरेको प्रश्न ठीक पनि छ । अहिले हाम्रो पार्टीले लिएको निर्णयमा दलित समुदायमा जनसंख्याको आधारमा २९ प्रतिशत समावेशी भन्ने छ । राज्यको हकमा ३३ प्रतिशत राख्दा पनि हाम्रो पार्टीले २ प्रतिशत थपि ३५ प्रतिशत महिला सहभागीता राखेको छ । यति कुरा पुरा गरियो, कार्यान्वयनको पक्षमा लिन सकियो भने नेतृत्वको विकास गर्न, पुस गर्नुपर्छ, दवाव सिर्जना गर्नुपर्छ मलाई लाग्दैन ।

६.माओवादी भित्र गुटउपगुट किन ?
कार्यकर्ता पंक्ति सम्म गुटउपगुटका कुनै कुरा आएको छैन् । पार्टी भित्र गुट नहुनु नै राम्रो हो । निती,विधी, सिद्धान्त र विधानमा चल्ने पार्टी माओवादी भनेर हिजोका दिन देखि म लागिरहेको छु । मेरो नजरमा पार्टी भित्र गुटउपगुट कुनै छैन् ।

हुन राम्रो होइन् । यदि पार्टीमा गुटको राजनीति भयो भने पार्टी विलय हुन सक्छ । त्यसैले माओवादी पार्टी भित्र गुटको राजनीति नभई सर्वहारा वर्गका निम्ती राजनीति चलिरहेको छ ।
७. जनयुद्धकालमा धर्म नै नमान्ने पार्टीका कार्यकर्ता आज धामी छन्, यसलाई कसरी लिनुभएको छ ?
राष्ट्रिय सवालको विषय नै धर्मनिरेपक्षता भएपछि सबै कुरा यसैले समाधान गरिहाल्छ । जनयुद्ध सकिएको १९ बर्षको सेरोफेरोमा आईरहन्दा । यो चाहिं धर्मनिरपेक्षा भनेपछि व्यक्ति स्वतन्त्रता हुने भयो । प्रत्येक नागरिकलाई स्वतन्त्रताको हक हुनेछ । उहाँहरुको विचारमा जे गर्न मन लाग्छ त्यही गर्न पाउनु ठीकै हो जस्तो लाग्छ मलाई ।

८. के सपना बोकेर जनयुद्धमा सामेल हुनुभयो ?
म सायद दलित वर्गकै मान्छे भएर होला । दलित माथि दमन अत्याचार, जातीय विभेद लगायतका कुराले देशैभरका सर्वहारा, श्रमजिवी गरिवीको रेखामुनि पिल्सिका ति वर्गमाथि गरिने जुन अत्याचार, अन्याय , ज्याजति सहन नसकेर आन्दोलनमा म सहभागी भएको हो ।

त्यो भित्र मैले कुनै सपना देखेको थिईन् । गाडी, घर बनाउने कुनै कुरामा म छैन र थिईन् पनि । दलितहरुले खुशीको सास फेर्नका लागि, शिर ठाडो पारेर हिड्नको लागि, जुन सहभागिता, समावेशी यो चाहिं माओवादीले सञ्चालन गरेको जनयुद्ध नभएको भए यि सवालहरु सम्भव थिएन् ।

९. जनवादी शिक्षा कता हरायो तपाईहरुको एजेण्डा ?
जनवादी शिक्षा भनेको व्यावहारिक शिक्षा हुनुपर्छ भन्नेमा माओवादीको जोड हो । जस्तै, कृिष जेटिए पास गरेको छ । तर जसले वारीमा गएर हलोको पातो हान्न जाँन्दैन् । त्यसलाई के शिक्षा भन्ने ? संसदीय व्यवस्था आएर हाम्रा नाराहरु ओझेलमा परेका हुन् । शिक्षाको क्षेत्रमा हामीले खासै सोचे जस्तो उपलब्धी गर्न सकेका छैनौ । यो संसदीय व्यवस्थाले माओवादीका केही एजेण्डाहरुलाई गुमगाम पारेको छ ।

१०. तपाई जाजरकोटका यूवाहरुको नेता हो यहाँ गरिवी हटाउन् कसले के गर्नुपर्छ ?
यूवामुखी कार्यक्रम सरकारले तय गर्नुपर्छ । स्वरोजगारको सवाल होला, सहुलियत कर्जा होला, भर्खरै अर्थमन्त्रालयले जारी गरेको सुचना अनुसार एक पालिका ५ सय यूवा विना धितो सहुलियत कर्जा भन्ने छ । यो मात्रै हाल सालै कार्यान्वयन गरियो भने गरिवी घट्ने छ, वेरोजगारी घट्ने छ । यसलाई संस्थागत रुपमा विकास गर्नुपर्दछ । विकास निर्माणको काममा यूवा सहभागिता राखियो भने गरिवी घट्छ । हामी आत्मनिर्भर बन्न सक्छौं ।

११. अन्त्यमा के भन्नुहुन्छ ?
मुलत म के भन्छु भने, देश संघीय प्रणालीमा छ । अस्थिरताको अवस्थामा छ देश । यो अस्थितरतालाई हटाउनको निम्ती माओवादी केन्द्रलाई आम हामी जनसमुदाय र आम यूवाहरुले वहुमत प्राप्त पार्टी बनाउन सक्यौ भने यि सब कुराको हलको सम्भावना छ । अवको विकल्प भनेकै माओवादी पार्टी हो । हकअधिकार, सीमा सुरक्षा, र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा जगजाहेर गर्दछु ।