त्रिभुवन माद्यामिक विद्यालयमा स्व.अधिकारी श्रद्धाञ्जली सभा

No description available.
खलंगा । अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा नेपाल शिक्षक महासंघका केन्द्रिय उपमहासचिव, शैक्षिक आन्दोलनका अगुवा, सामाजिक अभियन्ता, कवि , साहित्यकार , राष्ट्रिय स्तरमा छवि बनाएका एक जाजरकोटका धरोहर शेरबहादुर अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

अखिल नेपाल शिक्षक संगठनले त्रिभुवन माद्यामिक विद्यालय खलंगामा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिती जाजरकोटका प्रमुख मनबहादुर रावल , अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य अच्युतप्रसाद शर्मा, नेकपा

माओवादी केन्द्रका जाजरकोट जिल्ला संयोजक ढकविर राना, नेपाल कम्युनिष्ट पार्टीका भेरी नगरपालिका इन्चार्ज क. हिमाल , नागरिक समाजका अगुवा तथा सामाजिक रुपान्तरणका अभियान्ता राजेन्द्र विक्रम शाह, भेरी ज्ञानोदय क्याम्पसका प्राध्यापक द्दय चन्द्र बुढा र पुर्ण सुनार , साहित्यकार तथा शिक्षक हरि सन्दर्भ लगाएत सयौं उपस्थित रहेको थियो ।

कार्यक्रममा मृतक प्रति एक मिनेट मौन धारण पश्चात् उपस्थित सबैले श्रद्धाञ्जली व्यक्त गर्दै फोटोमा पुष्प अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा मृतक प्रति भावपुर्ण कविता बाचन भएका थिए ।

कार्यक्रममा ने शि सं का केन्द्रीय सदस्य अच्युत प्रसाद शर्माले अत्यन्तै भावुक कविता प्रस्तुत गर्नुभएको थियो । उक्त कविताले सबैलाइ अत्यन्तै भावुक बनाएको थियो । कविता बाचन पश्चात् केन्द्रिय सदस्य शर्माले मृतक शेरबहादुर अधिकारीको नाममा अक्षय कोष स्थापनाको लागि केन्द्रिय समिती तथा संगठनको राष्ट्रिय सम्मेलनमा छलफल गरि छिट्टै अक्षय कोष स्थापना गरिने बताए ।

कार्यक्रम अनौपचारिक रुपमा सम्पन्न भएको थियो । अखिल नेपाल शिक्षक संगठनका जाजरकोटका सचिव रुद्रबहादुर वलीले संचालन गरेका थिए । संचालक वलीले शेरबहादुर अधिकारीको बारे चर्चा गर्दै शैक्षिक र साहित्यक क्षेत्रमा उहाँले पुर्याएको योगदान अतुलनीय भएको बताउँदै उहाँ समग्र जाजरकोटको पहिचान भएको उल्लेख गरे । स्वर्गीय अधिकारीको भाद्र ३० गते कोभिड १९ का कारण असामयिक निधन भएको थियो ।

No description available.

तपाईको प्रतिक्रिया