
बिरेन्द्र शाही
जाजरकोट, ३० भाद्र । नेपाल कम्युनिष्ट पार्टी (विपल्व) निकट युवा संगठन जाजरकोटले जिल्ला प्रशासन कार्यलय जाजरकोटमा ज्ञापनपत्र बुझाएको छ । कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिनका लागि संगठन केन्द्रको नीति अनुसार ज्ञापनपत्र बुझाएको हो ।
नेपाल सरकार र विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी बिच भएको सम्झौता पुर्ण रूपमा कार्यान्वयन नभएकाले सहमति कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाएको हो । सहमति गरेको आठ महिना हुन लाग्दा पनि नेपाल सरकारले सहमति कार्यान्वयनमा कुनै चासो देखाएको छैन् । नेपाल कम्युनिस्ट पार्टीका झन्डै नब्वे भन्दा बढी नेता कारेक्रता जेलमा छन् ।
तीन बुँदे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा बाहेक अन्य कुनै कार्यान्वयन भएको छैन । युवा संगठन नेपाल जिल्ला अध्यक्ष गोविन्द्र चन्दले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा ज्ञापनपत्र पढेर बुझाएका छ्न ।
राजनीतिक आस्थाका आधारमा लगाइएका झुटा मुद्दाहरू खारेज गर राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दी हरुलाइ निसर्त रिहाई गर , जनमत संग्रहको लागि उचित वातावरण निर्माण गर लगाएतका मागहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

















































। ३० भाद्र २०७८, बुधबार