स्वास्थ्य सतर्कता अपनाउँदै बाल दिवस मनाइयो

May be an image of one or more people and indoor
सहदेव बस्नेत
खलंगा । “सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सवैको जिम्म्ेवारी ” भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस समारोह २०७८ सम्पन्न गरिएको छ ।  भेरी नगरपालिकाकाे अायाेजना र  यार्सन जाजरकोटको संयोजनमा जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा कोरोना महामारीले बालबालिकामा पारेको असर सम्वन्धि माध्याामिक विद्यालय स्तरीय बक्तृत्वकला र बालमैत्रि विद्यालय झल्कने आधारभुत विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सन्चालन गरि दिवस मनाइएको हो ।

भेरी नगरपालिका का नगर प्रमुख चन्द्र प्रकाश घर्तिको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बाल दिवस समारोहमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु,नागरिक समाज, पत्रकार शिक्षक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाले आजका बालबालिकानै भोलीको देस हाँक्ने व्यक्ति भएकाले बालबालिकाहरु लाई परिवार तथा राज्यले महत्वका साथ लिनु पर्ने बताउनु भयो । नगर प्रमुख चन्द्र प्रकाश घर्तिले बालबालिका नै हाम्रो भविस्य भएकाले बालबालिका प्रतिको लगानि गर्न सवै तहका सरकारको दात्त्वि भएको बताउनु भयो । बालबालिकाहरुको महत्वलाई आत्मा साथ गर्दै भेरी नगरपालिकाले बालमैत्रि नगरपालिका निर्माणको लागि आवस्यक वजेट विनियोजन गरि अभियान थालनि गरेको बताउनु भयो ।

May be an image of text that says '"सामान्य अवस्था वा कोभिड महामारी वाल अधिकारको सरक्षण हामी सवैको जिम्मेवारी" ২৩ औ राष्ट्रिय वाल दिवस २०७ भाद्र २५ गते भेरी नगरपालिका, जाजरकोट CARITAS सहयोगी निकायहरु Caritas युवा जागरण विकास केन्द्र नेपाल, यर्सान जाजरकोट NLRP-CYEP/IPM जिल्ला प्रहरी कार्यालय, जाजरकोट भेरी युवा मऊ्च, जाजरकोट वहआयामिक विकास तथा अध्ययन मऊ्च, जाजरकोट सामाजिक विकास कार्यालय, जाजरकोट आयोजक भेरी नगरपालिका जाजरकोट'

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश मल्लले सवै सरोकारवालाहरुले बालबालिकाहरुको उचित पठन पाठन र ज्ञान अभिवृद्धिको लागि आआफ्नो क्षेत्रवाट पहल गर्न आवस्यक रहेको धारणा राख्नु भएको थियो ।

भेरी नगरपालिकाका कार्यपालिका सदस्य मनकला नेपाली नेपालीले सवै बालबालिकाहरुको उज्वल भविस्यको कामना गर्नु भएको थियो । नेपाल पत्रकार महासँघ का अध्यक्ष बाल कुमार शर्माले आफ्नो बाल्यकालको अनुभुतिहरु राख्दै बाल प्रतिभाहरुको संरक्षण मा राज्यले प्रभावकारी भुमिका निभाउनु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नु हुदै यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले आजको दिन बालबालिका हरुका लागि उत्सवको दीन भएकाले बालबालिका माझ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । बालबालिकाहरुको संरषण र प्रवद्र्धनमा सवै तहका सरकारहरुले बालबालिका प्रतिको लगानि बढाउनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रम भेरी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालय,बहुआयमिक विकास तथा अध्ययन मञ्च,अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया,को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम ल्ीच्ए( ऋथ्भ्ए को आर्थिक सहयोग रहेको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोट र भेरी युवा मञ्च जाजरकोटको व्यवस्थापनमा सम्पन्न भएको हो । भने कार्यक्रमको संचालन भेरी नगरपालिका महिला तथा बालबालिका साखाका शारदा शर्माले गर्नु भएको थियो ।

चित्रकला प्रतियोगितामा ७ वटा विद्यालय वाट गरि २० जनाको सहभातिा रहेको थियो भने बक्तृत्व प्रतियोगितामा शिव माध्यामिक विद्यालय कालेगाउँ र त्रिभुवन माध्यमिक विद्यालय थाप्लेका गरि ७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

बक्तृत्व कार्यक्रम मा सहभागिहरुले कोरोना महामारीका कारण आफुहरुको पठनपाठन लाई गम्भीर असर पारेकाले आफ्नो भविस्य प्रति चिन्ता लागेको ,सरकारले अनलाइन कक्षाको व्यवस्था गरेता पनि त्यो धनि र शहरका बालबालिकाहरुको लागि मात्र भएको भनाई राखेका थिए ।

८ जना प्रतियोगिहरुले भाग लिएको वक्तृत्व प्रतियोगितामा त्रिभुवन मा.वि किा एलीना विक प्रथम, भोजराज चलाउने द्धिर्तीय र बिनु विक ले तिर्तिय र सान्त्वनामा विष्णु माया विक र शर्मिला विकले स्थान हाँसील गर्नु भएको थियो । प्रतियोगितामा स्थान प्राप्त तथा अन्य सहभागिहरुलाई नगद प्रमाण–पत्र र कापी कलम पुरुस्कार स्वरुप प्रदान गरिएको थियो ।

May be an image of 1 person, standing and sitting

त्यसै गरि चित्र कला प्रतियोगिता तर्फ त्रिभुवन मा.विकिा हिप्सना विक प्रथम, भुपेन्द्र घर्तिमगर द्धिर्तीय र रीनेश विक ले तिर्तिय र सान्त्वनामा एस्तर शाही र सन्देस पुन मगर ले स्थान हाँसील गर्नु भएको थियो । प्रतियोगितामा स्थान प्राप्त तथा अन्य सहभागिहरुलाई नगद प्रमाण–पत्र र कापी कलम पुरुस्कार स्वरुप प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया