राहत बोकेर पहिरो पीडतको बस्तीमा पुगे नगरप्रमुख महतारा

May be an image of 4 people, people standing, people sitting and outdoors
खलंगा । छेडगाड नगरपालिका प्रमुख लालबहादुर महतारा राहत राहत लिएर पहिरो पीडितका दैलोमा पुगेका छन् । विहीबार नगर प्रमुख सहितको टोली राहत लिएर बाढीपहिरो पीडितको घर दैलोमा पुगेका हुन् । स्थलगत बाढीपहिरोको अनुगमन संगै पीडितलाई राहत समेत वितरण गरेका छन् ।

सामेबार देखिको निरन्तरको बर्षाका कारण छेडागाड नगरपालिका ३ चुवामा दलित बस्तीमा पहिरो खस्दा १७ बढि घर जोखिममा परेका थिए । पहिरोका कारण घर जोखिममा परेपछि छेडागाड नगरपालिकाले विहिवार राहत सामग्री लिएर हस्तान्तरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर आ.सीले बताए ।

पहिरोले घर बगाएपछि छिमेकीको सहारामा बस्दै आएका दलित समुदायलाई राहत वितरण गरिएको नगरप्रमुख लालबहादुर महताराले बताए । निरन्तरको बर्षापछि पहिरोले घर क्षती भएसंगै स्थानीयहरु आफन्तीको साहारामा बस्दै आएका छन् । बर्षा संगै खसेको पहिरोले चुवा दलित वस्तीका १० घरमा पुर्ण क्षति भएको प्रमुख प्रशासकीय अधिकृत रोकायले बताए । पहिरो बाट क्षति भएकालाई नगरपालिकाले त्रिपाल, चामल, तेल, नुन, चटाई,दाल, सिरक लगायतका राहत सामग्री हस्तान्तरण गरिएको छ ।

सुरक्षित बस्ती बसाल्नका लागि नयाँ स्थानमा स्थान्तरण गर्नुपर्ने उनले बताए । नागरिकहरु कोही पनि भोकै बस्नु नपरोस् भन्नका लागि नगरपालिका नागरिक संगै रहेको नगरप्रमुख महताराले बताए ।

चुवा, देउलीमा रहेका दलित वस्तीमा गत बर्ष देखि निरन्तर पहिरो जान सुरु गरेको थियो । यो बर्ष सबै घरहरु पूर्णरुपमा क्षति गरायो । यसको लागि जानकारी प्राप्त भए लगतै नगरपालिकाले आफ्नो अभिभावकत्व पुरा गरेको समेत नगर प्रमुख महताराले दावी गरे ।

महिलाको भरमा घरधन्दा
छेडागाड नगरपालिका ३ कि देवा चदाराका श्रीमान रोजगारीको शिलसीलमा भारत गएका छन् । दशैं मा मिठो मसिनोको जोहो गर्नका लागि ज्याला मजदुरी गर्न भारत पुगेका छन् । देवीका श्रीमान मात्र नभई छेडागाड नगरपालिका ३ चुवा दलित बस्तीका पहिरो प्रभावित मध्यका ९ घरपरिवारका घरमुली ( श्रीमान् ) सबै भारतमा छन् ।

दशैं आउला घरमा परिवार भेटौला मिठो मसिनो खाएर खुशी साटौला भन्ने आशा पहिरोले चुडेको छ । २२ गते राती घर माथि बाट आएको पहिरोका कारण पुर्खाै देखि बस्दै आएका घरहरु भत्तकाए पछि परिवार नै विचल्ली अवस्थामा छन् । साहुको चामलको ऋण तिर्नका लागि भारत गएको स्थानीय तुल्सरा लुहारले बताईन् । उनले भनिन्, ‘यस वेला घरधन्दा सबै हाम्रो भरमा छ, भएको घर पहिले बगायो, लालावाला कहाँ लगेर जाउँ, बस्नलाई घर छैन, खानलाई गास छैन्’ ।

उनी मात्र होइन् पहिरो प्रभावित ९ जनाको घरका सबै श्रीमान् धन कमाउन भारत गएका छन् । महिलाको भरमा घर भएकोले कहाँ व्यवस्थापन गर्ने विषयमा निकै समस्या भएको छेडागाड नगरपालिका ३ का वडाध्यक्ष धनबहादुर थापाले बताए । २०७७ साल भदौ २ गते बस्तीमा पहिरो बसेको थियो । एक बर्ष नवित्दै घरहरु पुर्ण रुपमा क्षति भएको छ ।

पहिरोका कारण सानसरा लुहार, लालसरा लुहार, हरिसरा चदारा, देवा चदारा, हस्रे चदारा, चन्द्रबहादुर लुहार, वीरबहादुर लुहार, तुलबहादुर टमटा, जयहबहादुर सुनार, अईले टमटा, हर्क टमटा, जयबहादुर टमटा, सर्पे टमटा, ददे लुहार, कले टमटाको घर पुर्ण रुपमा क्षति भएका छन् ।

May be an image of 2 people and outdoors

तपाईको प्रतिक्रिया