कोरोनालाई लत्याउँदै राजनीतिक भेला

एकै कार्यक्रममा २ सय भन्दा बढी कार्यकर्ता,स्वास्थ्यका समान्य मापदण्ड समेत छैन् कार्यन्वयनमा

 

May be an image of 6 people and people standing

                 नेकपा एमालेले भदाै १९ गते अायाेजना गरेकाे अगुवा भेलामा उपस्थित कार्यककर्ताहरू
खलंगा । नेकपा एमालेले सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभा हलमा भाद्र १९ गते कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । एमाले कर्णाली प्रदेशका नेता एवं सांसद यमलाल कडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै २ सय कार्यकर्ता सहभागी थिए ।

त्यस्तै, नेकपा एकिकृत समाजवादीले भाद्र २२ गते सदरमुकाम खलंगामै पत्रकार सम्मेलनको आयोजना ग¥यो । पार्टीका नेता कृष्ण विसी लगायतका नेताहरू सहभागी कार्यक्रममा झन्डै ५० जना कार्यकर्ता सहभागी थिए । सत्तारुढ कांग्रेसले झन् गाउँगाउँमा वडा अधिवेशन गरिरहेको छ । माओवादी केन्द्रले पूर्व वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत भाद्र ९ गते जाजरकोट खलंगामा आएका थिए । त्यहि अवसरमा जिल्ला समन्वयन समितिको सभाहलको माथिल्लो तलामा कार्यकर्ता भेटघाट कार्यक्रमको आयाजना गरिएको थियो ।

त्यहाँ झण्डै १ सय भन्दा बढी कार्यकर्ता आएका थिए । कतिपय कार्यकर्ता मास्क समेत लगाएका थिएनन् । भाद्र २३ गते नेकपा (विप्लव) निकट यूवा संगठनले आयोजना गरेको कार्यक्रममा १ सय भन्दा बढी कार्यकर्ता सहभागी थिए । समान्य स्वास्थ्यको मापदण्ड समेत पालना नगरेको पाईन्थ्यो ।

कोरोना संक्रमणको त्रास कायमै रहेको बेला राजनीतिक दलहरूले कार्यकर्ता भेटघाट, छलफल, बैठक, प्रशिक्षण लगायत राजनीतिक कार्यक्रम जारी राखेका छन् । सामान्य सावधानी समेत नअपनाई पार्टीका कार्यक्रमलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । राजनीतिक दलले जथाभाबी कार्यक्रम गर्दा कोरोनाको त्रास झन् बढिरहेको भेरी नगरपालिकाका स्थानीयहरुको भनाई छ  । ‘पार्टीका कार्यक्रममा सहभागी हुनेले न सावुन–पानीले हात धुन्छन्, न सेनिटाइजरको व्यवस्था नै गरिएको हुन्छ,’ उनले भने, ‘कतिपय कार्यकर्ता मास्क नलगाएरै भेलामा सहभागी हुँदा जोखिम बढ्दै गएको छ ।’ सचेतना फैलाउनुपर्ने व्यक्तिहरू नै जथाभाबी कार्यक्रममा सहभागी हुन थालेपछि समुदायमा गलत सन्देश गएको उनको भनाइ छ ।

May be an image of 7 people, people standing and outdoors

                                           एकिकृत समाजवादी दलका नेता कार्यकर्ता

पार्टीहरूले भेला र कार्यकर्ता भेटघाटका नाममा जथाभाबी हुल–हुज्जत बढाइरहेको बारेकोट गाउँपालिका २ का वीरेन्द्र विकले बताए  । ‘दलका कार्यक्रममा भौतिक दूरीको समेत ख्याल गरिँदैन,’ उनले भने, ‘फेरि समुदायमा संक्रमण फैलिए स्थिति भयाभह हुने देखिन्छ ।’ सरकारले सामूहिक भेला तथा जमघट सञ्चालन नगर्न आग्रह गरे पनि राजनीतिक दलहरूले बेवास्ता गरिरहेको डाक्टरहरुको भनाई छ । ‘सानो असावधानीले पनि भविश्यमा ठूलो दुर्घटना निम्तिन सक्छ,’ एक जना डाक्टरले भने, ‘बरु दलहरूले कार्यकर्ता परिचालन गरी कोरोनाविरुद्ध सचेतना फैलाउन जरुरी छ ।’ उनका अनुसार जाजरकोटका गाउँगाउँमा कोरोना संग लक्षण मिल्ले विरामीहरु देखिन थालेका छन् । तर राजनीतिक दल कोरोना परिक्षण भन्दा पार्टीका कार्यक्रममा निकै व्यस्त देखिन्छन् ।

May be an image of 11 people, people sitting and people standing

           नेकपा माअाेवादी केन्द निकट  विद्यार्थी  संगठनकाे जिल्ला भेलामा उपस्थितहरूकाे तस्वीर

कोरोनाको जोखिम कायमै रहेकाले जमघट र राजनीतिक भेलाको आयोजना नगर्न विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना जारी भईरहेका छन् । तर पनि यहाँ राजनीतिक दलहरु पार्टीका कार्यक्रम, सभा सम्मेलन गर्न निकै व्यस्त देखिन्छन् ।

कोरोनाको जोखिम कायमै रहेकोले सभा, सम्मेलन, गोष्टी गर्न नपाईने व्यवस्था छ । तर सरकारी नियमको उलंघन गर्दै यहाँका राजनीतक दलहरु सभा सम्मेलनमा व्यस्त देखिन्छन् ।

२ महिना देखि जाजरकोटमा कोरोना परिक्षण रोकिएको छ । जसले कोरोना समुदाय स्तरमा फैलिएको समेत थाहा पाउन निकै गाह्रा भएको चिकित्सकहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया