अखिल (क्रान्तिकारी)जाजरकोटद्धारा संघर्षका कार्यक्रम सार्वजनिक,केके छन् मुख्य प्राथमिकतामा ? ( निर्णय सहित)


खलंगा । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले भाद्र २१ गते जाजरकोट खलंगामा उपलब्ध सचिवालयको तेस्रो पुर्ण बैठक सम्पन्न गरेको छ ।

संगठनका अध्यक्ष बिराजन शाहीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज संगम आरसीको प्रमुख आथित्यता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कमलसिंह बुढाको बिशेष आथित्यता र नेपाल कम्युनिस्ट पार्टिका जाजरकोट सचीव प्रेम बहादुर चलाउने अनन्तको उपस्तिथिमा बैठक सप्पन्न भएको हो ।

बैठकले असोज ६,७,र ८ गते पोखरामा हुन लागेको २२ औँ राष्ट्रिय सम्मेलन केन्द्रित निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनलाई भब्य बनाउनको लागि प्रचारप्रसारलाई तिब्रता दिने संगसंगै संघर्षका कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

विहीबार प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाहिले भने, ‘नेपालको बर्तमान शैक्षिक अवस्थाले जुन खालको असमानताको खाडल खनेको छ त्यसलाइ पुरै पुर्नका लागि हामी यस्ता प्रकारका संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएका र हाम्रो संगठन अखिल (क्रान्तिकारी ) अनवरत रुपमा संघर्षको मैदान छ ।

आम जनताको पहुँचमा हुनु पर्ने शैक्षिक सस्था आज दलाल राज्यबस्थाको चरित्र कारण देशको शैक्षिक अवस्था निजीकरण,ब्यापारीकरण,भ्रष्टीकरण र माफियाकरणसंगै बेरोजगार उत्पादन गर्ने कारखाना रुपान्तरण भएको छ ।

अब यसको आयु छिटो हुँदै छ त्यसको लागि नेपालका प्रगतिशील,देशभक्त,राष्ट्रवादी तथा क्रान्तिकारी विद्यार्थीहरु हाम्रो पार्टीले तय गरेको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा गोलबन्द हुन अपिल गर्दछौ ।’ तेस्रो पुर्ण बैठकका निर्णयहरु प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक बिज्ञप्ती यसप्रकारको छ ।

 यस्ताे छ    प्रेस बिज्ञप्ती
हाम्रो महान तथा विद्यार्थीहरुको सर्वप्रीय संगठन अखिल(क्रान्तिकारी) जाजरकोटको ऐतिहासिक तेस्रो बैठक संगठनका जिल्ला अध्यक्ष बिराजन शाहीको अध्यक्षतामा २०७८ भाद्र २१ गते जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्लाका इन्चार्ज क.संगम आरसीको प्रमुख आतिथ्यता,संगठनका केन्द्रिय सदस्य क.कमल सिंह बुढाको बिशेष आतिथ्यता र नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला सेक्रेटरी क.प्रेम बहादुर चलाउने (अनन्त) को आतिथ्यतामा जिल्ला स्थित सदरमुकाममा राष्ट्रिय सम्मेलन केन्द्रित बैठक भव्य उत्साहका साथ सम्पन्न भयो। ऐतिहासिक तेस्रो सचिवालयको बैठकले लिएका दुरगामी र महत्वपुर्ण निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. बैठकको प्रारम्भमा जनयुद्ध,जनआन्दोलन एकीकृत जनक्रान्ति लगाएत देश र जनताको न्याय ,मुक्ति र स्वतन्त्रताको निम्ति आफ्नो अमुल्य जीवन बलिदान गर्ने महान सहिदहरुको उच्च मुल्यवोध गर्दै सम्मान , स्मरण र सपना पूरा गर्ने प्रतिबद्धता सहित श्रद्धाञ्जली व्यक्त गरियो ।
२.संगठनको २२ औं राष्ट्रिय सम्मेलन भब्य र उत्साहका साथ सम्पन्न गर्न तयारीका लागि जिल्लामा राजनीतिक, संगनात्मक र आर्थिक अभियान सन्चालन गर्न कार्य बिभाजन गर्ने निर्णय गरियो ।
पश्चिम कमान क.दीपेन्द्र सिंह
क.भवानी मल्ल
क. बिमल थापा
क.बिपना सिंह
क.जीवन चन्द
पुर्व कमान क.शितल बिष्ट
क.विशाल सिंह
क.सपना सिंह

३.विद्यार्थी सदस्यता पत्र नवीकरण र बितरण कार्यलाइ निरन्तरता दिने निर्णय गरियो ।
४.संगठनका संघर्ष सम्बन्धि कार्यहरूलाई निम्न विकृती ,विसङ्गती र मुद्दाहरुमा केन्द्रित गर्ने निर्णय गरियो।
क) भ्रष्टाचारका विरुद्ध
ख) महंगी तथा कालोबजारीका विरुद्ध
ग) शैक्षिक विकृति र बिसंगतिका विरुद्ध भण्डाफोर
घ) प्राकृतिक स्रोत ÷साधनको दोहन विरुद्ध
ङ) लागू औषध उत्पादन , सेवन ,विक्री र वितरण विरुद्ध
च) वित्तीय संस्थाको लुटखसोट विरुद्ध
छ) विकास निर्माणमा कमसल कार्य गर्ने विरुद्ध
ज) बाल विवाह र बहुविवाह विरुद्ध
झ) अनुदानको बजेटमा अनियमितता गर्ने विरुद्ध
ञ) जातीय तथा लैङ्गगिक विभेद विरुद्ध
ट)३ बुँदे सहमति कार्यान्वयन नभएको विरुद्ध
ठ) पार्टी विरुद्ध हुने भ्रामक र प्रायोजित प्रचार विरुद्ध
ड)ः.एमसीसी सम्झौता विरुद्ध
ढ)सामाजिक बिकृतीका विरुद्ध
ण)बिकास निर्माण कार्यमा राज्यका निकायको ढिलासुस्तीका विरुद्ध
त)भेरी ज्ञानोदय क्याम्पसको भवन लगाएत जिल्लाका सम्पुर्ण बिद्यालयको भवण निर्माणमा अस्तब्यस्तताको विरुद्ध

५.नेपालको विकसित राजनीतिक परिस्थितिमा विकसित पार्टी कार्यनीति “ संयुक्त प्रगतिशील सरकार , जनमत संग्रह,बैज्ञानिक समाजवाद र राष्ट्रिय सम्मेलनबारे व्यापक प्रचारप्रसार गर्ने तथा संगठनको आधिकारिक फेसबुक आइडी अखिल(क्रान्तिकारी)जाजरकोट र संगठनका नेतृत्व कमरेडहरुको सामाजिक संजाल मार्फत संगठनका सम्पुर्ण गतिविधिहरुको प्रचारप्रसार कार्यलाइ व्यापक बनाउने ।

 

क्रान्तिकारी अभिवादन सहित
अध्यक्ष
बिराजन शाही

तपाईको प्रतिक्रिया