भदौं २७ गते देखि भेरीका विद्यालय सञ्चालन गर्न आग्रह


खलंगा । जिल्लाको भेरी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय आगामी भदौ २७ गते देखि सञ्चालन गर्न आग्रह गरेको छ ।

वुधबार एक सुचना जारी गरी २०७८/०५/२३ गते नगर शिक्षा समितिको वैठकले भदौ २७ देखि भौतिक रुपमा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यविधी २०७७ मा भएका स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयहरु पुर्ण रुपमा सञ्चालन गरी पठनपाठन गर्न नगरपालिका शिक्षा अधिकृत अमृतबहादुर पुनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तो छ सूचना ः

No photo description available.

तपाईको प्रतिक्रिया