कविता : सत्ता र राष्ट्रियता


शासनमा जानू
ठिक एकदिन अघि
उ पनि
हामी सँगसँगै
रातो झण्डा बोकेर
सुस्ता र महेशपुर
हाम्रो हो !

हाम्रो हो ! भन्दै
राष्ट्रियताका
गगणभेदी नारा लगाउँदै
जुलुसमा हिड्छ
कोणसभामा वक्ता बनेर
जय नेपालको
न्यानो अभिवादन भन्दै
चर्को भाषण गर्छ
समाजवाद जिन्दावाद
सायद

बिपिको नयाँ अवतार हो ।। १ ।।

सत्तामा पुग्नु
ठिक एकदिन अघि
उ पनि
हामी सँगसँगै
रातो झण्डा बोकेर
लिपु लेक कालापानी
हाम्रो हो !

हाम्रो हो ! भन्दै
राष्ट्रियताका
गगणभेदी नारा लगाउँदै
बिआइसिसि भवन अगाडि
जुलुसमा हिड्छ
कोणसभामा वक्ता बनेर
आकाश दर्किनेगरि
धर्ती फाट्नेगरि
संग्रामी अभिवादन भन्दै
चर्को भाषण गर्छ
नयाँ जनवाद जिन्दावाद
सायद उ
माओको नयाँ अवतार हो ।। २ ।।

सरकारमा जानु
ठिक एकदिनअघि
उ पनि
हामी सँगसँगै
उस्तै रातो झण्डा बोकेर
धर्ती आकाश थर्काउँदै
गगणभेदी नारा लगाउँदै
माइतीघर मण्डलामा
जुलुसमा हिड्छ
कोणसभामा वक्ता बनेर
भारतीय हस्तक्षेप

मुर्दावाद !
मुर्दावाद ! भन्दै
चर्को भाषण गर्छ
जबज जिन्दावाद
सायद उ
केपीको नयाँ अवतार हो ।। ३ ।।

प्रभुहरूको कृपाले
उ अर्थात उनीहरू
शासनमा गएपछि
पुनः प्रभुहरूकै इशारामा
बिआइसिसि भवन अगाडि
जुलुसमा उभिएर
राष्ट्रियताको नारा लगाउन
निषेधाज्ञा गर्छन्
माइतीघर मण्डलामा
कोणसभा गर्न नदिएर
कर्फ्यु लगाउँछ
जुलुसमा सँगसँगै
हिडेको साथीहरूलाई
अश्रुग्यास र लाठीले सुताउँछन्
शासन अवधिभर
राष्ट्रियता
शासनको डन्डाले
हिर्काएर मार्छन् ।। ४ ।।

तपाईको प्रतिक्रिया