जाजरकोटका १० जना जनप्रतिनिधीले नेकपा( एस) रोजे

No description available.

खलंगा । जाजरकोटमा दुई वडाध्यक्ष सहित १० जना जनप्रतिनिधीले नेकपा ( एकिकृत समाजवादी ) रोजेका छन् । निर्वाचन आयोगले जनप्रतिनिधीले दल रोज्न पाउने अन्तिम दिन ( मंगलबार ) सम्म (नेकपा एस) रोजेका हुन् । जिल्लाका सात वटा स्थानीय तह मध्ये ३ स्थानमा एमालले प्रमुख पद जितेको थियो ।

नेकपा (एकिकृत समाजवादीमा दलमा सनाखत गर्ने प्रतिनिधीहरुमा छेडागाड नगरपालिका १ का वडाध्यक्ष गणेश जैसी, २ नं. वडाध्यक्ष बालकृष्ण बुढा रहेका छन् ।

छेडागाड नगरपालिका १ की कार्यपालिका सदस्य गौरी कामी, सदस्य वीरबहादुर बढा, वडा नं २ का सदस्य कौशिला सुनार, साउनी बुढाले पनि नेकपा ( एकिकृत समाजवादी ) रोजेका छन् । छेडागाड नगरपालिका ५ वडा सदस्य रामप्रसाद जैसी, वडा ६ बाट कार्यपालिका सदस्य चन्द्री रावत, वडा नं १ कार्यपालिका सदस्य गंगा नेपाली, कुशे वडा नं ५ सदस्य शुसीला कामी रहेकी छन् ।

पत्रकार सम्मेलनको आयोजना गरी नेकपा ( एकिकृत समाजवाद) का नेता कृष्ण विसीले नयाँ पार्टी व्यक्तिवादी प्रवृतिलाई प्रास्त पार्न खोलिएको बताए । उनले भने, ‘पार्टी भित्र एकलौटी निर्णय गर्ने, पार्टीलाई सक्ने, संविधानलाई प्रास्त पार्न केपी वलीले गरेको प्रतिगमनलाई तह लगाउन नयाँ पार्टी दर्ता गरिएको हो ।’ चुनावी तालमेलमा अरु दलहरु संग चुनावी मोर्चा कसी मैदानमा उत्रने समेत विसीले पत्रकार सम्मेलनमा बताए ।

No description available.

तपाईको प्रतिक्रिया