
बारेकोट । नेपाली काँग्रेस बारेकोट गाउँपालिकाको सभापतिमा रामचन्द्र ज्योती सर्वसहमत चयन भएका छन् ।
बारेकोट गाउँपालिका भित्रका क्रियाशिल व्यक्तिहरुको सहमतिमा सभापति बनेका हुन् ।
विगत लामो समयदेखि नेपाली काँग्रेसमा रहेर सक्रिय राजनीति गरिरहेका ज्योती यस अघि बारेकोट गाउँपालिका काँग्रेस सचिव थिए । ज्योती काँग्रेस बारेकोटको सभापति बनेपछि त्यहाँका यूवाहरु खुशी भएका छन् ।
यूवाहरुको मागलाई सजिलै सम्बोधन गर्ने खुवी भएका ज्योती सबै यूवाहरुमा लोकप्रिय नेताका रुपमा परिचित छन् । समाजसेवामा समेत सक्रिय रहेका उनले बारेकोटमा आपत विपतको वेला सहयोग गर्दै आएका छन् ।
पछिल्लो समय काँग्रेस बारेकोट काँग्रेसका आशाका केन्द्रविन्दु समेत बनेका छन् ।
















































। २१ भाद्र २०७८, सोमबार