
खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मध्यपश्चिमाञ्जल विश्वविद्यालयको तेस्रो पुर्ण वैठक सम्पन्न भएको छ ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव) सुर्खेतका सेक्रेटरी धुर्व्रको प्रमुख आतिथ्यतामा तेस्रो पुर्ण वैठक सम्पन्न भएको हो । यस्तै २२ औं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा भेरी कर्णाली क्षेत्रिय समन्वय समिती संयोजक प्रेम शाहीको विशेष आथित्यता रहेको थियो ।

वैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि धुव्रले आजको शिक्षा प्रणाली जीवन व्यवहारमा लागु हुने खालको हुनुपर्दछ भन्दै वैठकमा प्रशिक्षित गरेका थिए । विशिष्ट अतिथि प्रेम शाहीले वर्तमान शिक्षामा आधुनिकता तिर पिठ्यूँ अतीत तिर मुख फर्काएको छ । यसलाई सुल्टो बनाउने हामी विद्यार्थीहरुको पहिले सर्त भएको बताए ।
परिपत्र वाचन भने अखिल क्रान्तिकारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ईन्चार्ज धनजित महरले गरेका थिए । वैठकको सञ्चालन खेमलाल बुढाथोकीले गरेका थिए ।
















































। २१ भाद्र २०७८, सोमबार