
खलंगा । जिल्लाको भेरी नगरपालिका ४ का देवेन्द्रप्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
आफुले ५३ बर्ष पुरा गरी ५४ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल आमा अनाथ आश्रममा रहेका अनाथ बालबालिकालाई पाँच हजार बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
जन्मदिनमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु निकै सराहनीय काम भएको उद्योग वाणिज्य संघ जाजरकोटका वरिष्ठ उपाध्यक्ष शिव हमालले बताए ।
उनले भने, ‘जन्मदिनको अवसरमा कतिपयले मदिरा सेवन गर्ने, ठुलो खर्च गरी जन्मदिन मनाउने गर्छन् त्यहाँ गर्ने खर्च यसरी समाजसेवामा लाउनु धेरै राम्रो काम हो ।’
















































। १५ भाद्र २०७८, मंगलवार