कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न मागसहित सुर्खेतमा ¥याली, मुख्यमन्त्री कार्यालय घेराउ

 सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सुर्खेतमा मुख्यमन्त्रको कार्यालय घेराउ गरिएको छ ।

नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गरी आइतबार दिउँसो ¥याली निकालेका हुन्। एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको ¥यालीले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेको थियो ।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । सुर्खेतका विभिन्न संघसंगठन, संस्था र अधिकारकर्मीले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया