कर्णाली करिडोर जिप दुर्घटनामा एकको मृत्यु, घाइतेमध्ये ५ सिकिस्त


कालिकोट । कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लाको सान्नी–त्रिवेणी गाउँपालिका–२ आम्तडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

दुर्घटना आइतबार दिउँसो १२ बजे भएको थियो । जिपचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोटको शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जिप दुर्घटना हुँदा चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार जिपका ११ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जना सिकिस्त छ। ६ जना स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

कालिकोटको रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार र रास्कोट नगरपालिका–७ का कमलराज शाही घाइते भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए ।

उनका अनुसार घाइतेमा सान्नी–त्रिवेणी गाउँपालिका–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पचाल–झरना गाउँपालिका–९ कि अनिता शाही छन् ।

घाइतेको उद्धार भइरहेको र प्रदेश सरकारसँग हेलिकप्टर माग गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

तपाईको प्रतिक्रिया