शक्ति बस्नेतकै पहलमा : कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको जाजरकोटमा शिलन्यास

No description available.

खलंगा । कर्णालीकै पहिलो जडीवुटी प्रशोधन केन्द्र जाजरकोटमा निर्माण कार्य सुरु गरिएको छ ।  करिव ८ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रवन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।

भेरी नगरपालिका –३ को राताचौरमा निर्माण कार्य सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णालीकै पहिलो रहेको उनले बताए ।  बुधबार सो भवनको औपचारिक रुपमा पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीवुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापना सुरुबाट सँगै सर्बसाधारणहरु जडीवुटीको बजार घर नजिकै आएको भन्दै खुसी भएका छन् ।

केन्द्रमा १ वर्षमा १० करोड बराबरको कारोबार हुनुपर्ने बताएको छ । २०७९ जेठ ११ गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने भन्दै ज्ञानज्योती बिल्र्डस प्रालि कोठेश्वर– १३ काठमाडौँले निर्माणको जिम्मा लिएको छ ।

जाजरकोट मध्यपहाडी लोकमार्ग , छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने त्रिदेशीय सडक र लुम्विनी रारा सडकको समेत बीच भागमा जाजरकोट पर्ने भएकाले यहाँ जडीवुटीको प्रशोधनको कामले गती लिने पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । जाजरकोट सबै कुराको सम्भावनाको भण्डार रहेको भन्दै बिस्तारै सबै कुराको विकास हुने जानकारी दिए ।

सामाजिक–आर्थिक हिसाबले महत्वपूर्ण र औषधीय गुणले भरिपूर्ण विभिन्न जडीबुटीे कर्णाली क्षेत्र निकै धनी रहेको छ । उचित ज्ञान र बजारको अभाव, प्रशोधन क्षमताको अभावले गर्दा ती जडीबुटी मुल्य अभिवृद्धि नगरीकन नै विक्रीवितरण तथा निर्यात हुँदा बर्षेनी भारी रकम बाहिरिएको छ । जसको कारणले गर्दा देशले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ । ठूलो मात्रामा कच्चा अवस्थामा रहेका जडीबुटी निर्यात गर्दा पनि थोरै मात्र आम्दानी हुने अवस्था विद्यमान छ ।

विश्व बजारमा जडीबुटीजन्य उत्पादनका माग दिनानुदिन बढ्दै गइरहेको छ, त्यसमा पनि उच्च भू–भागमा पाइने जडीबुटीहरुको माग अतुलनीय र विशेष रहेको छ । कर्णालीका उच्च भू–भाग पाइने बहुमूल्य जडीबुटीले त्यहाँको गरिबी उन्मूलन तथा आयआर्जनको मुख्य श्रोत भएपनि उचित व्यवस्थापन नहुँदा अर्थतन्त्रमा भारी क्षेती हुँदै आएको छ । जाजरकोटमा निर्माण हुन लागेको प्रशोधन केनद्रले त्यो डोव पुरा गर्ने अपेक्षा लिइएको छ ।

कर्णालीको लगभग ९०% बहुमूल्य जडीबुटी बिना प्रशोधन कच्चा रुपमा नै विदेश निकासी हुँदै आइरहेको छ जसले यस क्षेत्रमा आश्रित मानिसहरु ले सही मूल्य तथा अवसर गुमाइरहेका छन् ।

कर्णालीमा सामाजिक–आर्थिक हिसाबले उन्नतिको सम्भावना बोकेको जडीबुटीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापनाले त्यस क्षेत्रमा गरिबी उन्मुलन गर्न सहयोग मिल्ने अपेक्षा लिइएको छ । #पत्रकार हेमन्त केसीको सहयोगको तयार पारिएको सामग्री#

तपाईको प्रतिक्रिया