
खलंगा । कालिकोटको खाडाचक्र नगरपालिका वडा नं ६ दाहाको गोराल बाडामा १६ बर्षिय बालिकाको शव मकैवारिमा भेटिएको घटनाको अनुसन्धान गरी दोषीलाई कार्बाही गर्न सामाजिक अभियान्ता तीर्थ सुनारले माग गरेका छन् ।
रत्ने नेपालीको १६ बर्षिया छोरी निरु विश्वकर्माको शव गएको भाद्र ७ गते आफ्नै घर नजिक मकैबारीमा फेला परेको थियो । जुन घटना बलात्कार पछि हत्या भएको आशंका गरिएको हुदा घटनामा संलग्न दोसीलाई कार्बाहीको माग गरेको हाम्रो पहुँच संगको कुराकानीमा सुनारले बताए ।
उनले भने, ‘दलित बालिकाको बालत्कारपछि हत्या भएको आशंका गरिएको छ । उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न जोड्दार माग गर्दछु ।’ कोही कसैले घटनाका दोषीलाई लुकाउन खोजे कडा भन्दा कडा आन्दोलनमा जाने सुनारले उद्धघोष गरे ।
















































। ९ भाद्र २०७८, बुधबार