
खलंगा । जाजरकोटमा लागुऔषध (चरेस) कारोवारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक किलो चरेस सहित गत श्रावन २४ गते पक्राउ परेका दुई जनाको बयानबाट कारोवारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कारोबारमा संलग्न पक्राउ पर्नेमा नगरपालिका–४ बाठाबाडा बस्ने बर्ष २६ बर्षिय शान्त बहादुर बि.क. र जि.बाँके नेपालगंज उप–महानगरपालिका वडा नं.१० घर भई हाल जिल्ला जाजरकोट भेरी न.पा. ०४ बस्ने बर्ष २० को छोटु भन्ने रमन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
लुकाइछिपाई अवैध लागु औषध चरेस नेपालगञ्ज तर्फ लिन थालेका एक भारतीय नागरिक सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–११ का २० बर्षिय उबेद खानलाई जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट एक किलो चरेस सहित पक्राउ गरिएको थियो ।
उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा वि.क र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताए ।
जिल्ला अदालत जाजरकोटले उनीहरु सवैलाई १२ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । थप पक्राउ परेका दुई जनालाई कानुन बमोजिम पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जाजरकोट जिल्ला अदालत बाट म्याद थप गरि थप अनुसन्धान भैरहेको डिएसपी थापाले बताए बताए ।
















































। ७ भाद्र २०७८, सोमबार