जाजरकोट जिल्लामा तत्कालीन नेकपा एमाले अध्यक्ष करबिर शाही माधव नेपाल निकट थिए।
नेकपा गठन भएपछि पनि शाही माधव-प्रचण्ड क्याम्पमा रहदै आएका थिए । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले तत्कालीन प्रधानमन्त्री केपि शर्मा वलिको प्रतिगामी कदम विरुद्ध जाजरकोट बाट अग्रपंक्तिमा रहेर आन्दोलन चर्काएका थिए ।
कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाही सरकार जोगाउन माधव नेपाल पक्षमा ४ जना सांसदले फ्लोर क्रस गर्ने समयमा आफू सङ्ग कुनै छलफल नगरिएको भन्दै शाही दुबै पक्षको सम्पर्कमा थिएनन् ।
कर्णाली पार्टी सह-इन्चार्ज निरज आचार्यले कर्णाली प्रदेश सरकारले बिश्वासको मत लिदै गर्दा आफू सङ छलफल नगरेर निर्णय गरेको भन्दै शाही ऊनी सङ्ग रुष्ट भएका थिए।
माधव पक्षमा चार जनाले मात्र फ्लोर क्रस गरेका थिए ।
केपि वलिलाई प्रतिगामी,निरंकुश र नेकपा बिभाजनकारी भन्दै आन्दोलन चर्काएका शाहीले आफ्नो क्याम्प परिवर्तन गरेका छन् , उनै शाही वलिको पक्षमा खुलेका छन् ।

राजनैतिक रूपमा प्रतिगामी,निरंकुश र गैरसंवैधानिक कदमलाई प्रतिवाद गरेका शाहीलाई नैतिकताको प्रश्न उठेको छ । ऊनी माथि सांसद पद जोगाउन गुट परिवर्तन गरेको आरोप लागेको छ ।
















































। २५ श्रावण २०७८, सोमबार