खलंगा, १७ साउन । चार जिल्लाका साहित्यकारहरुले जाजरकोटको छेडागाड नगरपालिकाको मनघाटमा गजल वाचन गर्ने कार्यक्रम तय गरिएको छ ।
सल्यान कला साहित्य परिषदको आयोजना, जाजरकोटी साहित्य आवाजको समन्वय र छेगागाड नगरपालिकाको आर्थिक सहयोगमा छेडागाड नगरपालिकाको मनघाटमा ‘शेर सिमानामा’ कार्यक्रमको आयोजना गरिएको हो ।
जसमा सल्यान, सुर्खेत, रुकुम पश्चिम र जाजरकोटका साहित्यकारहरुको उपस्थिति रहने जाजरकोटी साहित्य आवाजका अध्यक्ष भाबुक रिदम वावुले जानकारी दिए । उनका अनुसार ४ जिल्लामा ५÷५ जना सर्जकहरुले गजल वाचन गर्न पाउनेछन् । यस्तै, नयाँ वीस भन्दा बढी सर्जकहरुको गजल वाचन समेत प्रस्तुत गरिनेछ ।
आगामी साउन ३० गते शनिवारका दिन मनघाटमा आयोजना हुने कार्यक्रममा जाजरकोट बाट दुर्गा भण्डारी, जनक चन्द ‘ऋतु’, दिपेन्द्र सिंह ‘दिप’, पुष्कर पराग चन्द, र गणेश ‘अनुपम’ यस्तै सल्यानका इन्द्रा बस्नेत, ओमप्रकाश देवकोटा, शुनिल राना ‘विरही’ टोप घर्ती ‘अनुरागी’ डिल्लीराज केसीले गजल वाचन गर्नेछन् ।
रुकुम पश्चिमका शिरशिर केसी, जमुना गौतम, विनोद खड्का, सिर्जना शर्मा, दिलिप वावु खड्का र सर्खेतका रमेश चन्द कुसुम, घनश्याम राना ‘ऋतु’, सावित्री स्वप्रिल, मौसमजी भण्डारी र सिर्जना खत्रीले गजल वाचन गर्ने जाजरकोटी साहित्य आवाजले जनाएको छ ।
हराउँदै गएको साहित्य क्षेत्रको प्रोत्साहनका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने साहित्यकारहरुको भनाई छ । मनघाटा चार जिल्लाको सिमानाका पर्छ । साहित्य क्षेत्रको संरक्षणका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेछ ।




















































। १७ श्रावण २०७८, आईतवार