
फाईल तस्विर
जाजरकोट, २० साउन । बाटोको छेउमा घर, घरदेखि अलि पर टिनले छाएको छाप्रो । त्यही छाप्रो मुनि चल्छ बारेकोट गाउँपालिका २ का चाउरो कामीको दैनिकी । १६ बर्षको उमेरदेखि आरन पेशामा लागेका उनि उमेरले ६८ बर्ष नाघिसकेको भएनि बिहान भालेको डाको संगै आरनमा बसेर फलाम पिट्न सुरु गर्छन् । खलिप्रथामै श्रम बेचिरहेका चाउरोको जिबनका ५२ औँ बर्ष यसरी नै फलाम पिटिरहे तर उनको जिबन स्तर कहिल्यै माथि उठेन । भन्छन्र्, ‘बिष्टहरुका दैनिक उपभोग्य सामाग्री बनाउछु अनि उहाँहरु संग अन्न उठाउँछु । यसैगरी आज सम्म परिवार पालिरहेको छु ।’
जब तन्नेरी थिएँ त्यतिबेला फलाम पाइदैनथ्यो, पाएपनि एकदमै महँगो हुन्थ्यो तर अचेल फलाम सस्तोमा पाइन्छ, बुढो भैसके ताकतले भ्याउँदैन तै पनि आफ्ना बिष्टहरुको काम सकिनसकि गरिरहेको छु । कहिलेकसो बाहिरका मान्छेपनि सामाग्री किन्न आउछन् दुईचार पैसा कमाएर नातिनातिना लाई कापी,कलम किनिदिन्छु ।
कामलाई सानो ठुलो नभनि ऐतिहासिक पेशालाई ब्यबसायिक रुपमा आफ्नै ठाउँमा सिपको सदुपयोग गर्न सके लोभै लाग्दो आम्दानी हुने र बेरोजगारिको कारण युवाहरु विदेश जानुपर्ने अवस्था नभएको उनी बताउछन् । आफुले आधुनिक औजारहरुको अभाव हूदाहुदै हसिया,कोदालो,कुटो,बन्चरो,खुकुरी,तरबार,खुरो लगाएत सामाग्री निर्माण गरिरहेको भएपनि स्थानिय निकायले ध्यानदिए लोपहुने संघारमा पुगेको ऐतिहाँसिक पेशाको जगेर्ना हुनुको साथै रोजगारको बिस्तार हुने उनको भनाई छ । उनी, जस्तै जिल्लाका अधिकांश दलित समुदायको दैनिकी यसरी नै वित्छ ।
खले प्रथामा जीवन चलाएका उनीहरुको जीवन खलेप्रथामै वितेको छ । नत राज्यले ध्यान दिएको छ । नत स्थानीय सरकारले ध्यान दिएको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीले भने । काम गर्ने तर जीन्दगी नफेरिने काम गरेर गुजरा गरेका दलित समुदायको जीवनस्तर उकास्न सबैको ध्यानजान आवश्यक छ ।
















































। २० श्रावण २०७८, बुधबार