सोती घटनाका हत्यारालाई सरकारले कारबाही नगरे जनताले सडकमा ल्याउने छन्  :  सुनार

No description available.
खलंगा, १३ साउन । सोती घटनाका हत्याराहरुलार्ई सरकारले कारबाही नगरे जनताले सडकमा ल्याएर कारबाही गर्ने सामाजिक अभियान्ता तीर्थ सुनारले बताएका छन् ।

सोमबार सोती घटनामा हत्या गरेर मारिएका नवराजको जन्म जयन्तीको अवसरमा सुर्खेतमा आयोजित एक कार्यक्रममा सुनारले यस्तो बताएका हुन् । उनले भने, ‘हत्या गरिएको एक बर्ष भन्दा बढि भईसकेको छ, तर पनि सरकारले पीडित परिवारलाई न्यायका लागि कुनै काम गरेको छैन ।’

No description available.

‘पीडक तिरका एकपछि अर्काे गर्दै धरौटीमा छोडिरहेको छ यदि सरकारले कारबाही गरेन भने जनताले सडकमा ल्याएर अपराधीहरुलाई कारबाही गर्नेछ ।’ प्रेम गरेकै कारण दलित समुदायका यूवाहरुको हत्या गर्नु कानुनी राज्यको धज्जी उडाउनुका साथै लोकतान्त्रिक मुल्य मान्यता खलल पार्ने गरी घटाएको घटनामा संग्लन सबैलाई कानुन अनुसारको कारबाही गर्न सरकार संग आग्रह गरिएको सुनारको भनाई छ ।

सोमबार साउन १२ गते नवराज जन्मेको दिनमा सुर्खेत, जाजरकोट लगायतका अन्य जिल्लामा पनि न्याय पाउनुपर्छ भन्दै विभिन्न संगठनले प्रर्दशन गरेका छन् ।

No description available.

नेपाल दलित मुक्ति अभियानले सुर्खेतमा प्रर्दशन गरेको छ । २०७७ जेठ १० गते रुकुम पश्चिममा नवराज विक सहित ५ जनाको हत्या गरी भेरी नदिमा फालिएको थियो । न्यायको प्रखाईमा पीडित परिवार बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया