गाउँपालिका अध्यक्ष बस्नेतको पहलमा एक महिलाको उद्धार

May be an image of 2 people and people sitting
खलंगा, १३ साउन । अत्याधिक रक्तस्रावका कारण अत्यान्त जटिल अवस्थामा पुगेकी जाजरकोट कुशेकी एक महिलाको हवाई उद्धार गरिएको छ । कुशे ८ पैक निवासी सुस्मिता बुढा आरसीको नेपाली सेनाको हेलिकोप्टरबाट मंगलवार उद्धार गरिएको हो ।

May be an image of helicopter

चार महिनाकी गर्भवति सुस्मिता एक्कासी आईतवार घर नजिकै लडेपछि बच्चा तुहिएको थियो । बच्चा तुहिएपछि पनि रक्तस्राव नरोकिएपछि स्थानिय स्वास्थ्य चौकीमा लगियो । सोमवार दिनभर उपचार गर्दा पनि विसेक नभएपछि मंगलवार उद्धार गरिएको हो ।

उनलाई हेलिकोप्टरबाट क्षेत्रिय अस्पताल सुर्खेत लगिएको छ । पैक स्थानिय स्वास्थ्य चौकीमा लगिएकी उनको रक्तस्राव नरोकिएपछि उनी जटिल अवस्थामा पुगेकी थिइन् ।

गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरबाट उनको उद्धार गरेर सुर्खेत लगिएको छ । अहिले उनको अवस्था सुधारोन्मुख रहेको पति भीमराज आरसीले बताए ।

तपाईको प्रतिक्रिया