आगामी फाल्गुन २२ गते देखि चौरजहारीमा हुने दोस्रो वृहत महोत्सवको तयारी तिव्र

 रुकुममा– दोस्रो वृहत चौरजहारी महोत्सवको तयारी तिव्रगतिमा अगाडी वढेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रुकुम पश्चिमको चौरजहारीमा दोस्रो वृहत चौरजहारी महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव लाई व्यवस्थित र तिव्रता दिनको लागी आज वसेको वैठकले प्रचार प्रसारका कामलाई अगाडी वढाउने निर्णय गरेको छ ।

चौरजहारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम गहतराजको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । कृषि व्यापार पर्यटन प्रर्वद्धन सांस्कृतिक संरक्षणका लागी हाम्रो अभियान ,स्थानीय उत्पादन दिगो अर्थ तन्त्र निर्माणमा आत्मनिर्भर एकताको पहिचान भन्ने मुलनारा राखिएको छ ।

चौरजहारी अतिथि हाम्रा पाहुना हुन सायक नारी राखिएको महोत्सव चौरजहारी उदोग वाणिज्य संघ र चौरजहारी नगर समितिले आयोजना गर्नलागेको संस्कृतिक कार्यक्रमका संयोजक एलबी कटुवालले जानकारी दिनुभयो । महोत्सवमा आउने कलाकारहरुको केहिदिनमा टुगो लाग्ने वताईएको छ ।

तपाईको प्रतिक्रिया