जाजरकोट । पछिल्लो समय जिल्लामा बजार अनुगमनले तिव्रता पाएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले उपभोक्ताको खाद्य स्वच्छता गर्न पटकपटक बजार अनुगमन गर्दै आएको हो । यस्तै मंगलबार नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास कार्यालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग सुर्खेतको आयोजनामा बजार अनुगमन गर्न समिती गठन गरिएको छ ।
जिल्लामा म्याद गुज्रेका खाद्य वस्तु उपभोक्ताले प्रयोग गर्दै आएकोले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने गुण नियन्त्रण कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापाले बताए । उनले भनेर्, नागरिकमा खाद्य स्वच्छता कायम गर्न अनुगमन टोली गठन गरिएको हो ।’ खाद्यको सुरक्षा गर्न स्थानीय तहलाई तगारुप बनाउन समिती गठन गरिएको उनको भनाई छ ।
अनुगमन टोलीमा भेरीनगरपालिका ३ का वडाध्यक्ष लिलाबहादुर शाहको अध्यक्षतामा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायत सरोकारवालाहरु सदस्य रहने गरी समिती गठन गरिएको छ । गठन गरिएका समितीहरुले नागरिकको खाद्य सुरक्षा सम्बन्धी अनुगमन गर्न सक्ने छ ।
जाजरकोट जिल्ला खाद्य सुरक्षाको दृष्टिकोणले निकै पछि रहेको पाइएको छ । विभिन्न पसलहरुमा म्याद गुज्रेका खाद्य वस्तु प्रयोग हुदै आएकोले यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले आग्रह गरे ।
उनले भनेर्, हामीले पटकपटक बजार अनुगमन गर्दा म्याद गुज्रेका खाद्य वस्तुहरु प्रशस्तै भेटेका छौ ।’ कार्यक्रममा उपस्थित सम्पुर्ण सरोकारवालाहरुलाई खाद्य सम्बन्धी ऐन तथा निमावलीहरु सम्बन्धी जानकारी दिएका थिए ।
खाद्य ऐन २०२३ तथा नियमन ऐन २०७५ अनुसार प्रत्येक नागरिकलाई सुरक्षित खाद्य स्वच्छता सम्बन्धी व्यवस्था गरेको छ । जिम्मेवार सरकारी निकायले म्याद गुज्रेका खाद्य वस्तु नियमन गर्न बनेको ऐनले अनुमगन गरी नष्ट गर्ने जिम्मा पाएको छ । यसले प्रत्येक नागरिकको खाद्य सुरक्षामा महत्पुर्ण भुमिका खेल्ने जिल्ला समन्वयन सकितीका प्रमुख मनबहादुर रावले जानकारी दिए ।
पहिलो दिनमै ९ वटा पसलको अनुमगन
समिती गठन गरिएको पहिलो मै सदरमुकाम स्थित रहेका ९ वटा पसलहरुको अनुगमन गरिएको छ । खलंगाको गैरीखाली,शान्तीचौतारा, ठाँटीबजारमा अनुगमन गरिएको हो ।
अनुगमनमा अधिकांश पसलहरुमा म्याद गुज्रेका खाद्यवस्तु भएको,दर्ता नभएको, साइन वोर्ड नभएको, खाद्य वस्तु संगै अखाद्य वुस्तु भएको पाइएको अनुमनमा खटिएका जिल्ला प्रशासन कार्यालयमा कार्यरक्त खरिदार नविन सिंहले जानकारी दिए ।
उनका अनुसार गैरीखालीमा रहेको किस्मत जनरल स्टोर बाट २.५ लिटरका १५ वटा फेन्टा, दाना ३९ वटा, स्पाइट १० वटा,फेन्टा एउटा फेन्टा बरामद गरी नष्ट गरिएको उनले बताए । अन्य पसलहरुमा पनि भेटिएकोले उपभोक्तालाई सचेत रहन उनले अपिल गरे ।
पहिले भन्दा केही सुधार
जिल्ला सदरमुकाममा अवस्थित पसलहरुमा पहिलेको भन्दा अहिले केही सुधार भएको नागरिक समाजका अध्यक्ष केशव जंग शाहले बताए । उनले भनेर्, यहाँ भन्दा अधिकांश पसलहरु पहिले दर्ता समेत भएका हुदैन्थे ,तर आजभोली दर्ता गरेको, मुल्यसुची राखेका त छन् ।’
अनुगमनलाई निरन्तता दिने हो भने जिल्लामा खाद्य सुरक्षामा केही सुधार हुने उनले बताए । जाजरकोटका अधिकांश पसलहरुमा केही सुधार भएको प्रसाशनमा कार्यरक्त नविन सिंहले पनि बताए ।
अनुगमनको आवश्यक किन ?
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने व्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाईने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ ।
ऐनअनुसार बजार निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्छन् । उपदफा ३ ले जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ ।
यस्तै दफा ३१ ले आकस्मिक निरीक्षण गर्न सक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद ४ ले निषेधित कामहरु भने व्यवसायी वा व्यापारीले के गर्न हुँदैन भन्ने उल्लेख गरेको छ । ऐनले निषेधित गरेको काम गरे अनुगमनमार्फत जुनसुकै बेला कारबाही गर्न सकिने उल्लेख छ ।
















































। १५ फाल्गुन २०७६, बिहीबार