उपकुलपति र प्राध्यापकको विवादले एमयुमा उग्र रुप लिदैं, आन्दोलनका कार्यक्रम सार्वजनिक

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति तथा प्राध्यापकहरु विचको विवादले विश्वविद्यालयको पठनपाठन अनियन्त्रित वन्दै गएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनले इन्जिनियरिङ्ग संकायका कार्यक्रम निर्देशक विश्वनाथ प्रसाद यादवलाई गरिएको कार्वाहीलाई यथासिघ्र फिर्ता लिनुपर्ने, क्याम्पसका पदाधिकारीहरुको नियुक्ति प्रक्रियाका सवै कार्यविधि तथा प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै थप आन्दोलित वन्ने घोषणा गरेका छन् ।

सोमवार पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विश्वविद्यालयमा अनिश्चितकालिन तालावन्दी, विश्वविद्यालयका सम्पुर्ण कार्यक्रम बहिष्कार,उपकुलपतिका कु–कृत्यका बारेमा भण्डाफोर,प्लेकार्ड सहित प्रर्दशन र आमरण अनशन लगायतका विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।

क्याम्पसमा कार्यरम कर्मचारीहरुलाई उपकुलपतिले गाली गलौज गर्दै मानहानी हुने भाषा, अमानवीय व्यवहार गर्ने र क्याम्पसलाई आफन्तको भर्ति केन्द्र वनाउने गरेको आरोप समेत लगाएका छन् । केही दिनदेखि संयुक्त विद्यार्थीहरुले आफ्ना १८ वुँदे माग राख्दै तालावन्दी गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा हुने भनिएका परिक्षाहरुपनि संन्चालनमा आउन सकेका छैनन् । यसरी उपकुलपति,प्राध्यापक तथा विद्यार्थीविच विवाद सिर्जना भए मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यमाथीनै प्रश्न चिन्ह खडा भएको छ ।

तपाईको प्रतिक्रिया