६ श्रावण २०७८, बुधबार

अव विपीको वाटो कसरी हिड्ने ?

जनक केसी 

आज अर्थात साउन ६ गते नेपाली राजनीतिका युगनायक विपी कोइराला भौतिक रुपमा अवसान भएको दिन । अर्काे शव्दमा भन्नुपर्दा नेपालको जिवित लोकतान्त्रिक आन्दोलनवाट अमर सुर्य अस्ताएको दिन । पुर्ण लोकतन्त्र र शसक्त नेपाली काँग्रेस निर्माणका लागि जननायक विपीले नयाँ पुस्तालाइ जिम्मेवारी सुम्पेर सधैंको लागि आफु अवसान भएको दिन ।

विपी एउटा व्यक्ति र नेता मात्र होइनन् उनी एउटा आन्दोलन हुन् । एउटा युग हुन । जनताका सुन्दर सपना र संकल्पहरु वोकेर उड्दा उड्दै विचैमा सधैंका लागि रोकिएका जहाज हुन् । चीन र भारतरुपी चट्टानको विचमा उम्रिएका नेपाली पिपल हुन् विपी । नेपाली माटो सुहाउँदो लोकतान्त्रिक समाजवादका मष्तिष्क हुन् विपी । हाम्रो राष्ट्रियता र लोकतान्त्रिक क्रान्तिका कहिलै ननिभ्ने दियो हुन विपी ।

आज हामी माझ विपी छैनन् । विपीको नेतृत्व छैन । विपीको त्यो अग्लो राजनैतिक कद छैन । विपीको प्रभावशाली व्यक्तित्व छैन तर ३९ वर्ष देखि विपीले सुम्पिएको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेस पार्टी हामीसंग छ । हामीसंग विपी छैनन् तर उनैले जन्माइदिएको पार्टीका साढे आठ लाख क्रियाशील कार्यकर्ता छन् । जनताले आन्दोलनहरुमा काँग्रेसलाई गरेको अटुट भरोसा छ ।

विपीले सुरु गरेको लोकतान्त्रिक आन्दोलन छ । उनले जन्माईदिएको लोकतान्त्रिक समाजवाद उन्मुख राजनीति छ । त्यति मात्र होइन हामीसंग विपीको अवसान पछि उनले दिएर गएको गहन जिम्मेवारी र सुन्दर भविस्य छ ।

पुर्ण लोकतन्त्र र हाम्रो राजनीतिको स्थायी भविष्यका लागि विपी लगाएतका हाम्रा अग्रजहरुसंगै संघर्षको वाटोमा कहिले दौड्दै कहिले हिड्दै हामीले आठ दशक भन्दा वढी समय विताई सकेका छौं । यत्रो समय पार गर्ने वेला समेत हामीले न राजनैतिक स्थायित्व निर्माण गर्न सक्यौं न ऐतिहासिक विरासत जोगाउने वलियो अस्त्र निर्माण गर्न सक्यौं । । विपीले भने जस्तै न प्रजातन्त्रका दुस्मन गरिवी र भ्रष्टाचारका विरुद्ध गतिलो प्रहार गर्न सक्यौं न विचारले तिखारिएको जुझारु काँग्रेस वनाउन सक्यौं ।

काँग्रेसको नेतृत्वमा यत्रो अभुतपुर्व जन आन्दोलनले सफलता प्राप्त गर्यो तर त्यो संगै काँग्रेस ऐतिहासिक संकटका वेला जन विस्वासवाट पर धकेलिन पुग्यो । विचार, संगठन, नीति, रणनीति भन्दा सत्ता र शक्तिको सकुनी चालमा गाउँ देखि केन्द्र सम्मको राजनीति विटुल्याउने कार्यमा नेता कार्यकर्ताहरु अभ्यस्त हुन थाल्यौं । निष्ठा समर्पण लगानी र इमानदारीताको स्थान पार्टी भित्र सुरक्षित गर्ने काममा हामी चुक्न थाल्यौं ।

गणतन्त्र प्राप्तिपछि वामपन्थीहरुले झुट नै भएपनि दरिलो एजेन्डा तयार गरेर आफनो अभियान झकिझकाउ वनाए तर काँग्रेसले नयाँ विचार र नयाँ एजेन्डा अहिले पनि दिन सकेको छैन । प्रतिष्पर्धात्मक विश्व समुदायका अघि आर्थिक समृद्धिको मोडेल के हो ? समाज परिवर्तनको प्रगतिशील आधार के हो ? काँगे्रस नेतृत्वको सत्तावाट अहिलेको अवस्थामा जनताले गर्ने अपेक्षा र विश्वास के हो ?

संघीयताको पुर्ण कार्यान्वयनपछि काँग्रेसको कार्यभार के हो ? यो कार्यभार कुन साधन प्रयोग गरेर पुरा हुन्छ ? जनताले काँग्रेसको आर्थिक सामाजिक राजनैतिक परिकल्पनावारे चुलोमा आगो वाल्दै गर्दा,ढोकामा उभिएर आँगनमा वसेर, टोल गाउँ वस्तीहरुमा घुमेर, सहर हुदै देशै भरि भौतारिएर सोध्ने प्रश्नहरु र सवालहरुको चित्त वुझ्दो जवाफ के हो ? देशको माया मारेर विदेशी भुमि रोज्ने युवाहरुलाई यहि देशमा रोक्ने काँग्रेसको उपाय के हो ?

रुदै रुदै देश छोडेर खाडी मुलुकमा पसिनाले भिजिरहेका होनहार युवाहरुको वाध्यता र विदेशी भुमिवाट वाकसमा सन्तान पाउँदा भक्कानिएका वाआमा लगाएतका आफन्तको असह्य पिडा सम्वोधनको उपाय के हो ? वाँझा खेतवारीहरु उर्वर अनि हरियालीयुक्त वनाउने कार्यक्रम के हो ? कलिला वालवालिकाहरुको मस्तिष्कमा काँग्रेसले दिने देशको चित्र कस्तो हो ? जेष्ठ नागरिकलाई दिने भरोसा के हो ? युवाहरुलाई दिने जिम्मेवारी के हो ? हामीले शुुरु देखि नै घोक्दै घोकाउदै आएको सुखी र समृद्ध नेपालको नारा पुरा गराउने सक्षम र दुरदर्शी नेतृत्व चयन र निर्माणको आधार के हो ?

लोकतन्त्र र जनअधिकारको लडाइ सकिएपछि जनताहरुले गर्दै आएका गुनासाहरु, पोख्दै आएका पिडा, छटपटी र क्रन्दनहरु नष्ट गर्न पार्टीको सौर्य निर्माणको आधार के हो ? यी माथि उठाइएका सवाल र प्रश्न अनि आलोचनाहरुको सहि सम्वोधनका लागि अव काँग्रेसले वैचारिक, राजनैतिक र रणनैतिक रुपमा गर्नुपर्ने के हो भन्ने वारे केहि छलफल गर्न जरुरी छ । पार्टी सत्तामा जानु ठुलो कुरा होइन यो सत्तालाइ सदुपयोग गरेर पार्टीलाइ दिर्घकालीन हित गर्ने काम गर्नु ठुलो कुरा हो ।

सधंै विपीको नाम घोक्ने घोकाउने,योजना आयोगको कार्यालयमा विपीले देखाएको हलो जोत्ने किशानको तस्वीरको वयान गरेर मात्रै काँग्रेस सवल वनाउन सकिदैन ।हिजो चारै तिर प्रतिवन्ध भएको वेलामा समेत काँग्रेसको झन्डा वोक्नेहरु लुकेरै भएपनि गाउँ वस्ती र टोलमा हुने तर अहिले यति सहज अवस्थामा पनि काँग्रेस कम्जोर हुदै गएको छ। पार्टीमा लोकतान्त्रिकरण प्रक्रिया कम्जोर हुदै गएको छ । विचार र सिद्धान्तको वहस स्खलित भएको छ ।

निष्ठा र समर्पणको राजनीति कम्जोर वन्दै गएको छ । काँग्रेस र यसका सवै भातृ तथा भगिनी र शुभेच्छुक सँस्थाहरु आफनो अधिवेसन गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो हाम्रो गौरवपुर्ण इतिहासप्रतिको भद्दा मजाक हो ।आवधिक रुपमा नेतृत्व चयन गर्ने आधारभुत काम समेत गर्न नसक्ने हामीले राष्टिय जिम्मेवारी र कार्यभार पुरा गर्न सक्ने ताकत कुन श्रोतवाट निर्माण सक्छौं ? आज वर्षाैं देखि काँग्रेस वनेर वसेकाहरु, काँग्रेसका लागि वा, आमा, भाइवहिनी दिदी दाइ गुमाएकाहरु, हरेक सजिला अप्ठेरा सवै परिस्थितिमा काँग्रसको साथ नछोडेकाहरु निरास भएका छन् ।

उनीहरुलाइ सन्तुष्ट पार्ने सुत्र के हो ? काँग्रेसकै कार्यकर्ता र समर्थक जनताहरु काँग्रेसको झन्डा किन समाउने भनेर प्रश्न गर्न थालेका छन् । पार्टीमा लागेका त्यागी समर्पित र सक्षम नेता कार्यकर्ताहरुको सहि मुल्यांकनको आधार खोज्न थालेका छन् ।वलियो र गतिशील काँग्रेस निर्माण संगै विपीले अघि सारिदिएको लोकतान्त्रिक समाजवादको पुर्ण प्रयोग गर्ने ताकत निर्माणको आधार के हो भनेर प्रश्न गर्न थालेका छन् । एकतावद्ध पार्टी, शसक्त संगठन, गतिशील पार्टी अभियान र जोशिला नेता कार्यकर्ताहरु परिचालनको प्रभावकारी सुत्र के हो भनेर सोध्न थालेका छन् ।

पहुच र पैसाको भरमा पार्टीमा योगदान, भुमिका र लगानी नभएकाहरुको प्रवेश र उनीहरुको पार्टीमा हाली मुहाली रोक्ने उपाया के हो भनेर पनि नेतृत्वसंग सोध्न थालेका छन् । काँग्रेस चारैतिरवाट अस्तित्व, इतिहास संगठन र गतिशीलताका वारेमा प्रश्न, सवाल र आलोचनाहरुले घेरावन्दीमा परिरहेकै वेला १४ महाधिवेसन हुदैछ । महाधिवेसन नयाँ नेतृत्व चयन गर्ने साधन मात्र नभइ विचार, संगठन र सिद्धान्तको पुष्टि गर्ने, नयाँ अभियानको शंखघोष गर्ने, अनि पार्टीलाइ कहाँ लिएर जाने भनेर वाटो तय गर्ने महासंग्राम हो ।

त्यसैले अवको काँग्रेस यहि अवस्थामा रहन्छ कि नयाँ नेतृत्व चयनसंगै आफनो राजनैतिक अभियानमा तेजगति पकड्दै अघि वढ्छ?१४औं महाधिवेसनले तय गर्ने छ । यो कुरा महाधिवेनका प्रतिनिधिहरुको विवेक र भुमिकामा भर पर्ने छ । हामीले पार्टीलाइ अहिलेकै अवस्थामा घाइते अवस्थामा राख्ने या जीर्ण काँग्रेसको पुननिर्माण गरेर अघि वढ्ने यो सवै हाम्रो विवेकमा भर पर्छ ।

महाधिवेसन मार्फत नयाँ नेतृत्व निर्माणको चरणमा प्रवेश गर्दै गरेको अवस्थामा देशै भरिका नेता कार्यकर्ता र शुभचिन्तकहरुले अव कस्तो काँग्रेस वनाउने ? कसरी पार्टी र नेतृत्वलाइ विपीको वाटोमा हिडाउने? गुम्दै गएको काँग्रेसको साखलाइ कसरी जोगाउने ? अप्ठेरो अवस्थामा पनि पार्टीप्रतिको घात प्रतिघातको प्रवृत्तिलाइ कसरी निष्तेज पार्ने?पार्टीका इमान्दार, सोझा, समर्पित कार्यकर्ताहरु र जनतामा नेताहरुले निर्माण गरेका गुट उपगुटहरुको छाया कसरी हटाउने ? भनेर विवेकपुर्ण वहस र मतदान गर्न जरुरी छ । महाधिवेसनकै संघारमा पार्टी अप्रत्यासित रुपले सत्ताको नेतृत्वमा पुगेको छ ।

सत्ता आरोहणलाइ पार्टीको गुमेको साख फर्काउने अवसरको रुपमा प्रयोग गराउने तर्फ नेतृत्वले काम गर्न नितान्त आवस्यक छ । यो वेला काँग्रेसले प्राप्त गरेको सत्ता गएको निर्वाचनमा वेहोरेको पराजयको पिडा भुल्ने मोह नवनोस आगामी दिनका लागि शसक्त योजना र एजेन्डा निर्माणको माध्यम वनाउन नेताहरुको चेत खुलोस् । देशमा वामपन्थी शक्तिमा आएको फुटले काँग्रेस वलियो हुने होइन यो वेलामा काँग्रेसले अघि सार्ने एजेन्डा र कार्यक्रमले पार्टीलाइ कुन स्थानमा पुरयाउने भन्ने कुराको निक्र्याैल गर्छ ।

कम्युनिष्टहरु फुट्दा या उनीहरुले गलत काम गर्दा काँग्रेसप्रति जनताको विस्वास वढ्ने हो तर काँग्रेसलाइ अग्रगामी ढंगले चलायमान र मजवुत आफैले वनाउने हो । विपीको वाटो भुलेको आरोप काँग्रेस माथि जुन हिसावले लागेको छ त्यसलाइ झुट सावित गर्ने दुइवटा सुनौला अवसर अहिले पार्टी सामु आएका छन् । एउटा मुलुक संकटमा परेको वेला सत्ताको नेतृत्व प्राप्ति भएको छ र अर्काे पार्टीको १४औं महाधिवेसन पुरा गर्नु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । यी दुवै अवसरलाइ तार्किक रुपमा उपयोग गरेर पार्टीलाइ नर्या गति र उचाइ दिने तर्फ वडा देखि केन्द्र सम्मका सवै नेता कार्यकर्ताहरु गम्भीर हुन अति जरुरी छ ।विपीले जुन शासन व्यवस्थाको कल्पना गरेका थिए ।

विपीले जुन पार्टी संगठनको कल्पना गरेका थिए आज त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो हो । विपीले जुन कला प्रयोग गरेर नेपालको समृद्धि र विकासको चित्र कोरेका थिए । पार्टीको आन्तरिक जीवन र उर्जा निर्माणका जुन सुत्रहरु प्रतिपादन गरेका थिए ती सवैको प्रयोग गर्ने तर्फ नेतृत्व र कार्यकर्ताहरुले इमान्दारीता देखाउन सके मात्र पनि विपी हिडेको वाटो भेटाउन सकिन्छ । गाउँमा सुतिरहेका पार्टीका कार्यकर्ता युवा तरुण विद्यार्थीहरुलाइ वुझाएर पार्टीको साख फर्काउन दगुराउने गरि महाधिवेसन सम्पन्न हुनु पर्छ ।

प्रत्यक टोल वस्ती र गाउँ गाउँमा काँग्रेस समाल्ने युवा शक्ति तयार पार्ने गरि महाधिवेसनमा छलफल हुनु पर्छ ।पार्टी भित्रका सवै गुटहरु,घातप्रतिघातहरु अनि व्यापार भत्काउने सोच र व्यवहार निर्माणका लागि महाधिवेसनले एउटा गति समात्नुपर्छ । सजिलो होस या अप्ठेरो सवै अवस्थामा पार्टीको संगठन खहरे होइन नदी जस्तै वनाउने गरि उर्जाशील नीति र एजेन्डाहरु तय गर्नु पर्छ । पार्टी प्रति नेता कार्यकर्ताहरुमा वढ्दै गएको अल्छीपना, वितृष्णा र निरासा हटाउनका लागि शसक्त कार्यक्रम निर्माण गर्नु पर्छ ।

उद्योग र उत्पादनमा पार्टीका सम्पुर्ण सदस्यहरुलाइ सांगठनिक र व्यक्तिगत रुपमा प्रयोग गर्ने किसिमको कार्यक्रम गर्न सके हामीले कल्पना गरेको जस्तो गतिशील र चलायमान एवम वलियो पार्टी निर्माण हुन सक्छ । यसरी हिडे या चलेको अवस्थामा नेतृत्व, कार्यकर्ता र शुभचिन्तकहरुले विपीको वाटो भेटाउन सक्छन अन्यथा अहिलेकै परिणामले निरन्तरता पाउन सक्छ ।