गजल
मुटुलाई स्थिर राख्नुपर्यो थोरै बिश्रामको लागि
बाहिर बारीर दौडिन थाल्यो चिन्जानको लागियोग्यता अनुसार यहाँ कुनै नोकरी मिल्दैन भने
बरु राहादानी बनाउनु पर्यो अब मुग्लानको लागिफोका उठेका हत्केला देखाउदै आमा भन्नुहुन्छ
दुखै दुखमा जीवन सकिने भयो सन्तानको लागिपैसा नै सबथोक हो भन्यौ ठिक छ, मैले पनि बुझे
दुई चार पैसा कमाउनै पर्दोरहेछ पहिचानको लागिगजल
आमालाई बचाउनको लागी मृगौला झिक्नुपर्यो
फेरि औषधि अभाबकै कारण रोगी बा बित्नुपर्योपटक पटक प्रयास गर्दा पनि बिफल भयो ठिकै छ,
बरु हार बाट नै बिजयी हुन्छ यस्तो कुरा सिक्नुपर्योआजकालको प्रेम पनि कस्तो खेलौन जस्तो लाग्छ,
कम्तिमा पनि दुई चार महिना त जरुर टिक्नुपर्योहाम्रो जीन्दगीको अन्तिम सफर त्यही चिता सम्म हो,
बिस्तारै हिड सबै पुगिन्छ एकदिन किन आत्तिनुपर्योपुष्कर पराग चन्द
भेरी नगरपालीका ५, जाजरकोट
साहित्यकार पुष्कर पराग चन्दका दुई गजल
तपाईको प्रतिक्रिया





गजल










































। ४ श्रावण २०७८, सोमबार