ट्राफिक प्रहरीद्धारा ४० लाख राजश्व संकलन

 

खलंगा, ४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत बर्षको तुलनामा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले गत चालु आर्थिक बर्षको दोब्बर राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने, सवारी चालन अनुमतिपत्र नभए, आवश्यक कागजात नबोकेका, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढि भाडा लिने लगायतका कारवाहीबाट राजश्व संकलन गरेको हो ।

प्रहरीले गत आर्थिक २०७६÷७७ सालमा १८ लाख ६९ हजार राजश्व संकलन गरेको थियो । कोरोना भाइरस कोभिड १९ बिचमा यस आ.व.मा गत बर्षको तुलनामा धेरै राजश्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । कार्यालयले ४० लाख ४० हजार राजश्व संकलन गरेको कार्यालय प्रमुख बिश्वकर्माले बताए ।

ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीवापत सो रकम संकलन भएका उनको भनाइ छ । ंंंं‘सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको हो’ उनले भने । कार्यालयले आर्थिक बर्षमा ४ हजार ७ सय ५० सवारी साधनलाई कारवाही गरेको हो ।

गत आर्थिक बर्षमा २१ सय २ वटा सवारी साधन कारवाही परेका थिए । जसबाट १८ लाख ६९ हजार राजश्व संकलन भएको थियो । जिल्लामा दुर्घटना भएका थिए । दुर्घटनामा परि जिल्लामा कार्यालय ३ जनाकोे ज्यान गएको थियो । जिल्लामा कार्यालय प्रमुख बिश्वकर्माको आगमन भए संगै ४ हजार ७ सय ५० सवार साधन कारबाही गरिएको छ ।

दुई पाग्रे सवारी साधन २१ सय ५२ वटा कारवाहीमा परेका छन । दुई पांगे्र सवारीबाट १९ लाख १८ हजार ५ सय रुपैया संकलन भएको कार्यालयले जनाएको छ ।

चार पाग्रे सवार साधन २५ सय ९८ कारबाही गरिएको छ । चार पाग्रे सवारी साधनबाट २१ लाख २१ हजार ५ सय रकम संकलन भएको थिया । जिल्लामा यस आर्थिक वर्षमा जिल्ला भित्र २१ वटा सवारी दुर्घटना भएका थिए । जसमा ७ जना जिप दुर्घटना भएर ज्यान गुमाएका थिए । ३ जना ट्रयाकटर दुर्घटना ३ जना मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया