प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

May be an image of 3 people and outdoors
खलंगा । जिल्ला प्रहरी कार्यालय जाजरकोटले शनिवार विभिन्न स्थानमा बरामद गरी अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट र मालिका सामुदायिक सेवा केन्द्रको समन्वयनमा भेरी नगरपालिका ३ थाप्ले र सोही नगरपालिका वडा नं २ रिसांगमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

May be an image of 1 person and body of water

जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको नेतृत्वमा खटिई गई मदिरा तयार पार्ने भाँडा ८ थान, मदिरा उत्पादन गर्न राखिएको १६ ड्रम जाँड, अन्दाजी १ हजार लिटर तयार पारिरहेको मदिरामध्ये ५ सय तयार पारिरहेको मदिरा, कच्चा पदार्थ उत्पादन गर्ने औषधी ८० किलोगा्रम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया