स्वास्थ्यकर्मीले फिर्ता गरे तलव भत्ता


जाजरकोट, १ साउन । स्वास्थ्य सेवा कार्यालयले कोभिडको समयमा फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई दिएको तलव, भत्ता स्वास्थ्यकर्मीले फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै ४० लाख रुपैयाँ उपलब्ध गराउनका लागि प्रदेश सरकार सँग माग गरेको थियो ।

प्रदेश सरकारले माग गरिएको रकम भन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेश बाट प्राप्त रकमलाई दामासाही तलव, भत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगत रुपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलव भत्ता पुर्ण फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख टिकाराम जैसीले बताए ।

तलव भत्ता वितरण गर्दा न्याय समानता भन्दा पनि सबैको चित्त बुझाउने खालको भएका कारण आफुहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए । लामो समय देखि तलव, भत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै संघर्ष पछि पाएको रकम समेत असमानता भएको भन्दै आक्रोस पोखेका हुन् ।

कर्मचारी विचको द्धन्द्धका कारण काम गर्न निकै समस्या भएको एक स्वास्थ्यकर्मीले बताए ।

तपाईको प्रतिक्रिया