पहिरो पीडितलाई विप्लवको राहत

May be an image of 3 people, people sitting, people standing and outdoors
जाजरकोट, ३० असार । जिल्लाको भेरी नगरपालिका २ वाँसपानीका पहिरो पीडितलाई नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) ले राहत सहयोग गरेको छ । बुधबार पार्टीको भेरीनगर कमिटीका अध्यक्ष हिमालको नेतृत्वमा पहिरो पीडित ६ जनाको परिवारलाई राहत वितरण गरिएको हो ।

पीडत परिवारलाई चामल,दाल, सिरक, डस्न लगायतका सामग्री वितरण गरिएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले बताए । उनले भने, ‘असार २६ गते आएको पहिरोका कारण गास वास गुमाएका ६ जनाको परिवारलाई खाद्यान्न सहित सिरक, कम्वल लगायतका राहत सामग्री वितरण गरिएको छ ।’

May be an image of 6 people, people standing, outdoors and tree

विकासको नाममा जथाभावी डोजर प्रयोग गरी जनताको घरमा पीडा थपिदिने काम अहिले सरकारले गरिरहेको छ, देशको प्रधानमन्त्रीमा शेरबहादुर देउवा आएपनि राम्रो काम गर्न सक्दैनन् भन्दै देशमा वैज्ञानिक समाजवादको स्थापना हुनुपर्ने नेता हिमालले बताए ।

जनताको दु ःखको वेला साथ नदिने, चुनाव आएपछि जनतालाई विभिन्न आश्वासन बाड्ने मात्र काम गर्ने भएकोले संसदीय व्यवस्था खारेज नहुन्जेल जनताले दु ः ख पाई राख्ने नेता हिमालको ठहर छ । राहत पाएपछि पहिरो पीडित परिवार थोरै भएपनि सहयोग पुग्ने भएकोले निकै खुशी भएका छन् ।

राहतको प्रखाईमा बाँसपानीका पहिरो पीडित

तपाईको प्रतिक्रिया