
खलंगा, २९ असार । जाजरकोटका ४२ विपन्न घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ । दलित अधिकारको लागि अन्तराष्ट्रिय आयोग (ICDR) को पहलमा अमेरीकन बार एसोसिएशनको आर्थिक सहयोग र भेरी नगरपालिका जाजरकोटको समन्वय, दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मञ्चको सहजीकरण र नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन), सुर्खेतको आयोजनामा भेरी नगरपालिकाका ४२ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । हाल विश्वब्यापी रुपमा रहेको COVIED – 19 का कारण विश्व नै आक्रान्त भइरहेको र हाम्रो देश पनी अप्ठ्यारो अबस्थामा गुज्रिरहेको छ । देश लकडाउनमा छ र दिनभरी काम गरेर खाने श्रमिकहरुको अवस्था भोकमारीको भयावह भएको भन्दै उनीहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

फिल्ड सर्भेमा निरन्तरता दिदैं पारिवारिक विवरण, आफ्नो घरको अन्नपातले दैनिक जीवन निर्भाहको अवस्था, कोभिड भाइरसको जानकारी, कोरनटाइनको अवस्था, स्वास्थ्यकर्मीको अवस्थाको विश्लेषण समेत गरिएको थियो ।
सोही बमोजिम रुकुुम पश्चिमको सोति घटनाका सहिद परिवार नवराजको आमा उर्मिला विक, लोकेद्र विकको आमा लक्ष्मी विक लगायत दलित तथा विपन्न समुदायका घर परिवारलाई खाद्यान्न स्वरुप प्रति व्यक्ति २५ केजी चामल, दाल १ केजी, आधा लिटर तेल, आल १ केजीको दरले वितरण गरिएको थियो ।
सोहि परिवेशलाई मध्येनजर गरेर दलित अधिकारको लागि अन्तराष्ट्रिय आयोग क्ष्ऋम्च् को आर्थिक सहयोग र नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन), सुर्खेतको आयोजनामा कोभिड–१९, कर्णाली प्रदेश नेपालमा आपत्कालिन राहत सहयोग कार्यक्रम अन्तरर्गत ४२ घरधुरीममा खाद्यान्न सहयोग गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख भावना भण्डारी विशेष अतिथि दलित गैसस महासंघका महासचिव एवं नेप्सकोनका अध्यक्ष श्री जेवी विश्वकर्मा र कार्यक्रमको अध्यक्षता ३ नं. वडा अध्यक्ष लिलाबहादुर शाहले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेप्कोन सुर्खेतका कार्यक्रम व्यवस्थापक धनमल विके गरेको दलित गैसस प्रदेशका अध्यक्ष तथा राहत कार्यक्रमका संयोजक गगन सिंह एल जी ले बताए ।
















































। २९ असार २०७८, मंगलवार